तीन महिनापछि मणिपालमा पढाई सूचारु

What's This?


Download our app to get more features

कास्की १, मंसिर ।  झन्डै तीन महिनादेखि एमबिबिएसको पढाई ठप्प बनेको मणिपाल मेडिकल कलेजमा बिहीबारदेखि पढाई सूचारु हुने भएको छ । अभिभावकको पहलमा स्थानीय प्रशासनको अगुवाईमा आन्दोलनरत र कलेज प्रशासन पक्षबीच बुधवार सहमति भएपछि पढाई सूचारु हुने भएको हो ।

दुबैपक्षबीचे विभिन्न ४ बुँदे सहमति भएको छ । तलब वृद्धिलगायत मागसहित प्राध्यापक, शिक्षक गत भदौ ६ गतेदेखि आन्दोलित बनेर पढाई ठप्प पारेका थिए । यसबाट करीव ३ सय विद्यार्थी क्लिनिकल र सैद्धान्तिक पढाइबाट वन्चित थिए । लामो समय पढाइ नहुँदा सेमेस्टर नै गुम्ने हो की भन्ने त्रास उनीहरुलाई थियो । तलब वृद्धि, करारका शिक्षकलाई स्थायी गर्नुपर्ने र सार्वजनिक बिदामा गरेको कामको अतिरिक्त पारिश्रमिक (सट्टा बिदा) पाउनुपर्ने माग गर्दै प्राध्यापक र कर्मचारीले पढाइ ठप्प बनाएका थिए ।

समय सापेक्षरुपमा तलब वृद्धि गर्न कलेज व्यवस्थापन सहमत भएको छ । साथै करार शिक्षकको स्थायीका लागि प्रचलित कानुन, शिक्षा मन्त्रालय, काठमाडांै विश्वविद्यालय र श्रम विभागसँग राय सुझाव लिएर २ महिनाभित्र अघि बढ्ने, सट्टा बिदाको हकमा विश्वविद्यालय र श्रम विभागको सुझाव संलग्नतामा टुंगोमा र्पुयाउने निर्णय भएको छ । बिहीबारको सहमतिपछि विद्यार्थी खुशी भएका छन् । लामो समयदेखि आन्दोलनरत र कलेज व्यवस्थापन पक्षबीच समस्या समाधानका लागि वार्तासमेत हुन सकेको थिएन । यसबाट सातौं र नवौं सेमेस्टरका (तेस्रो र चौथो वर्षका)  ३ सय विद्यार्थी प्रत्यक्ष मारमा परेका थिए । कलेजमा नेपालीलगायत भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पढ्छन् ।

Last modified on 2017-08-03 16:32:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts