रक्तचाप तलमाथि हुने अवस्थाहरु
रक्तचाप सामान्यतया केहि हदसम्म तलमाथी भइरहन सक्छ । यसका विभिन्न कारणहरु हुन्छन् । नाप्ने क्रममा प्रयोग गरिने मेसिनको अवस्था, नाप्ने व्यक्ति वा स्वास्थ्यकर्मी जस्ता कुराले पनि रक्तचाप तलमाथी पर्न सक्दछ ।
त्यस्तै शारीरिक परिश्रम पश्चात केहि समय आराम नगरी तत्काल रक्तचाप नाप्दा पनि बढि देखाउन सक्छ । त्यस्तै बढि तनाव वा ड्यूटी भइरहेको अवस्था, निद्रा कम भएको बेलामा पनि क्षणीक रुपमा रक्तचाप बढि देखिन सक्छ ।
कोही व्यक्तिहरुमा अस्पतालमा आएको बेलामा चिकित्सक वा स्वास्थ्यकर्मीको अगाडी रहँदा विभिन्न मनोवैज्ञानिक कारण वा डरले रक्तचाप बढि हुन सक्छ, जसलाई सेतो कोट प्रभाव पनि भनिन्छ । अन्य समयमा ठिक मात्रामा रक्तचाप भएका करिव २५ प्रतिशत व्यक्तिमा अस्पतालको वातावरणमा रक्तचाप बढि हुने गरेको अध्ययनहरुले देखाएका छन् । यस्तो अवस्थामा औषधिको जरुरत नपर्न सक्छ । २४ घण्टासम्म लगातार रक्तचाप नाप्ने एम्बुलेटरी बिपि मोनिटरीङ्ग मेसिन लगाएर यस्ता व्यक्तिमा रक्तचाप बढि भए नभएको निक्यौल गर्न सकिन्छ ।
त्यस्तै यस्ता व्यक्तिलाई चिकित्सक वा अन्य स्वास्थ्यकर्मीले प्रशस्त समय दिएर सम्झाई बुझाई निजको आत्मबल दरो बनाउने प्रयत्न गरेर रक्तचाप नाप्न पर्दछ । ताकी निजको मनबाट डर हटाई सहि रक्तचाप पत्ता लगाउन सकियोस् ।
त्यस्तै केहि व्यक्तिहरुले घरमा भन्दा अस्पतालमा आँफुलाई बढि सुरक्षित ठान्दछन् र अस्पतालमा डक्टरको अगाडी उनीहरुको तनाव कम हुन्छ र रक्तचाप वास्तविक भन्दा कम देखिन सक्छ । यस अवस्थालाई सुसुप्त उच्च रक्तचाप मास्क्ड हाइर्पटेन्सन् भनिन्छ ।
करिव १० प्रतिशत रक्तचापका बिरामीमा यस्तो अवस्था हुन्छ । घर वा अस्पताल बाहेकको वातावरणमा रक्तचाप बढि हुने भएकोले यस्तो वर्गमा मुटुजन्य रोगको जोखिम बढि हुन्छ र लगातार २४ घण्टा रक्तचाप नाप्ने मेसिन लगाई यसको पनि निक्यौल गर्न सकिन्छ । उच्च रक्तचापका केहि लक्षणहरु रहेको तथा मुटुको जाँचहरु जस्तै इसिजि तथा इकोकार्डियोग्राफी मा बढि रक्तचापको संकेतहरु भएका बिरामीहरुलाई यो अवस्थाको आशंका गरीन्छ ।
त्यस्तै बढि उमेरका तथा पारिवारिक सहयोग कम पाउने व्यक्तिहरुले धेरै थरी औषधीहरुमध्ये नचिनेर वा लापरवाही स्वरुप रक्तचापको एक वा बढी औषधि छुटाएका वा बढी खाएका पनि हुन सक्छन र औषधी थप्नु वा मात्रा बढाउनु अगाडी स्वास्थ्यकर्मीले औषधि तथा प्रेस्किप्सन् रुजु गर्ने तथा उचित परमर्श दिनुपर्दछ । औषधि लेख्दैमा मात्र रक्तचाप घट्छ भन्ने छैन् ।
त्यस्तै कहिलेकाहीँ तारन्तर उल्टी भएमा बारम्बार पखाला लागेमा, लामो समयसम्म पानी तथा खानेकुराहरु नखाएमा रक्तचाप कम हुनसक्दछ र केहि दिन औषधी रोक्नु पर्ने अवस्था पनि आउन सक्छ ।
त्यस्तै केही व्यक्तिहरुमा मिर्गौलासँगै रहेको स्प्रारेनल ग्रन्थीमा पलाएर रक्तचाप बढाउने विभिन्न हर्मोनहरु निस्कन पुगी रक्तचाप बढ्ने गरेको पाइन्छ, जसलाई फेइयोक्रोमोसाइटोम भनिन्छ । साथै यस अवस्थामा पनि रक्तचाप तलमाथि हुनसक्छ । विभिन्न परीक्षणपश्चात सो ट्युमरलाई शल्यक्रिया गरी निकालेर स्थायी समाधान गर्न सकिन्छ ।
Reporter
View Other Stories by Author >>