विश्व मधुमेह दिवसमा अल्काको विशेष उपचार प्याकेज
काठमाण्डौ, ३० कार्तिक । विश्व मधुमेह दिवसका अवसर पारेर अल्का अस्पताल र काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले हिजोदेखि बिरामी सहुलिय बिशेष कार्यक्रमको शुरुवात गरेको छ ।
अस्पतालको समन्वयमा अल्का परिसरमा रहेको डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले बिशेष छुटसहितको सहुलिय दर प्याकेज लागू गरेको हो । प्रालिले बिरामीका लागी हिजोआज र भोलि देखी तीन दिनसम्म निशुल्क रुपमा ब्लड सुगरको परीक्षण समेत गरेको अध्यक्ष कुमार थापाले बताए ।
अल्का परिसरमा आयोजित कार्यक्रममा अहिलेसम्म मधुमेहको अवस्था थाह नभएका बिरामीले निशुल्क रुपमा ब्लड सुगरको परीक्षण गर्न पाउनेछन् । अघिल्लो पहिलो दिन करिव २ सय ५० जनाले ब्लड सुगरको निशुल्क परीक्षण गरेको प्रालिका निर्देशक एवं मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. अंशुमाली जोशीले बताए । यसैबीच प्रालिले दिवसमा अवसरमा राजधानीमा सोमवार बिहान झाँकीसहितको ¥यालीको आयोजना ग¥यो । मधुमेहसम्बन्धी विभिन्न जनचेतना फैलाउने उद्देश्यले काठमाण्डौको भद्रकालीबाट शुरु भएको ¥यालीले टुडीखेल परिक्रमा गरेको थियो । प्रालिले मधुमेहसम्बन्धी सचेतना फैलाउन अस्पताल परिसरमा बिशेष परामर्श कार्यक्रम समेत संचालन गरेको थियो ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।