आइओएमको डीनमा डा. सिंह नियुक्त



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा डा. केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालयले डा. सिंहलाई शनिवार नियुत्त गरेको छ । त्रिविले आइतबार पदबहाली हुनेगरी डीन नियुक्तीको पत्र दिने छ ।

डा. सिंहले  ४ वर्ष शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी समेत समालेका थिए ।

सिंह  ४ महिनाका लागि मात्र डीन नियुक्त भएका छन् । उनीले २०७३ फागुन १० गते अवकाश पाउनेछन् । सिंहले २०४५ मंसिर ८ गते आइओएममा नियुक्ती पाएका थिए ।  

डीन सर्च कमिटिले डा जगदिशप्रसाद अग्रवाल, डा केशवप्रसाद सिंह र डा ज्योती शर्माको नाम सिफारिस गरेको थियो । 

Last modified on 2017-08-09 13:22:08

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts