दादुराका कारण दैनिक ४ सयको मृत्यु



Download our app to get more features

एजेन्सी । विश्व स्वास्थ्य सङगठन र युनिसेफले विश्वभरी दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको तथ्याकं सार्वजनिक गरेको छ । सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुलित सुधार भने हुन नसकेको राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् ।

 राष्ट्रसङ्घका सहप्रवक्ता फरहान हकका अनुसार ,लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण मृत्यु हुने बालबालिकाहरुको संख्या आधा घटेको छ । सन् २०१५ मा झण्डै १ लाख ३४ हजार बालबालिकाको दादुराका कारण मृत्यु भएको तथ्यांक छ ।
 

Last modified on 2017-08-09 13:16:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts