मस्कुलर डिस्ट्रोफीका लागि स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

काठमाडौँ, २७ कात्तिक । मांसपेशी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफी भएका बिरामीका लागि आज काठमाडौँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा मांसपेशी, नशा, छाती, मुटु, वंशाणुगत, बाल, मनोरोग विशेषज्ञले बिरामीको जाँच गर्नुका साथै परामर्श दिनुभएको थियो । शिविरमा ३५ जना मस्कुलर डिस्ट्रोफीका बिरामीले जाँच गराएका छन् ।

वरिष्ठ स्नायुरोग विशेषज्ञ तथा फाउन्डेसनका अध्यक्ष प्राडा जेपी अग्रवालले यो रोगका बारेमा धेरै अभिभावक अनभिज्ञ रहेकाले जनचेतना तथा जागरणको आवश्यकता भएकाले आफूहरुले काठमाडौँमा र विभिन्न जिल्लामा शिविर सञ्चालन गर्दै आएको बताए ।

शिविरमा अभिभावकलाई यो रोगको लक्षणका बारेमा रोकथामका उपाय र रोग देखिएपछि कसरी हेरविचार गर्ने भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।

मस्कुलर डिस्ट्रोफी वंशाणुगत रोग भएकाले यसको गर्भास्थामा थाहा पाउन सकिंदैन तर बच्चा जन्मेपछि उसलाई समयमै उपचार गराई फिजियोथेरापी गराउन सकेमा व्यवस्थापन गर्न सकिने चिकित्सकको भनाइ छ ।

फाउन्डेसनका उपाध्यक्ष तथा हाडजोर्नी विशेषज्ञ प्राडा रोहित पोखरेलले मस्कुलर डिस्ट्रोफीका रोग प्रभावित बालबालिका एवम् अपाङ्गको गुणस्तरीय दीर्घ जीवनका लागि राष्ट्रियस्तरमा जनचेतनाका कार्यक्रम आवश्यक रहेको बताए ।

शिविरमा पीडित बालबालिकाको शारीरिक रोग परीक्षण तथा आधारभूत उपचार पद्धतिबारे अभिभावकलाई परामर्श पनि दिइएको बताए ।
 

Last modified on 2017-08-09 13:23:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts