महिलाहरुलाई पनि उच्चरक्तचाप हुन्छ ?
उच्च रक्तचापले महिला तथा पुरुष भन्दैन । यो दुबैमा देखिन्छ । महिलाहरुको पनि मृत्युको मुख्य कारणहरुमा उच्च रक्तचाप जोडिएर आउँछ । हृदयघात, मस्तिष्कघात, मिर्गौला रोग आदिमा उच्च रक्तचापको सम्बन्ध महिलाहरुमा पनि उस्तै हुन्छ ।
उच्च रक्तचापको बर्गाीकरण, बढ्ने कारणहरु, जटिलताहरु तथा उपचार प्रकृयाहरु पुरुष महिलामा समान नै हुन्छन् । तर केहि बिशेष परिस्थितिहरु बारे यहाँ चर्चा गरीएको छ ।
- प्रजनन् उमेरका महिलाहरुमा महिनावारी हुने उमेर सम्म ईस्ट्रोजन नामक हर्मोनको तह बढी हुन्छ र यसले रक्तचाप बढ्न दिदैन् । अन्तत करीव ५० वर्षसम्म पुरुषमा भन्दा महिलाहरुमा उच्च रक्तचापको जोखिम कम हुन्छ ।
- महिनावारी रोकिएपछि जब महिलाहरुमा हर्मोनको मात्रा रगतमा घट्छ, तव क्रमिक रुपले रक्तचाप बढ्न थाल्छ र ६० वर्षसम्म महिला तथा पुरुष दुबैमा समान अनुपातमा रक्तचाप देखिन्छ । केहि अध्ययनहरुले ६५ वर्ष पछि महिलाहरुमा समान उमेरका पसरुषहरुमा भन्दा बढी हुने देखाएका छन् । त्यस्तै शरीरको तौल पनि बढ्ने गर्दछ ।
- भौतिक तथा जैविक हिसावले गर्भावस्था महिलासँग मात्र सम्बन्धित भएकाले योसँग सम्बन्धित तथा जटिलताहरुले प्रजनन् उमेरका महिलाहरुलाई असर गर्दछ । जुन अगाडी नै उल्लेख गरिसकिएको छ ।
- प्राकृतिक तरिकाले शररिमा नै हुने इन्स्ट्रोजन हर्मोनले प्रजनन् उमेरका महिलाहरुलाई रक्तचापको जोखिम कम गराएपनि परिवार नियोजनको उद्देश्यले खाइने इन्स्ट्रोजन भएका चक्किले केहि हदसम्म रक्तचाप बढाउँछन् । यस्ता पिल्स रोकेको ५ महिनापछि मात्र रक्तचाप ठिक तहमा आउँछ । अतः ३५ वर्ष भन्दा बढी उमेरमा मोटो भएका महिलाहरुमा यस्ता पिल्स सिफरिस गरिँदैन र खानुहुँदैन पनि । पिल्स सेवन गर्नथालेपछि रक्तचाप बढ्यो भने रोकेर अन्य बैकल्पिक उपायमा जानुपर्दछ । यस्ता पिल्सको विकल्प हुननसकेको खण्डमा र रक्तचाप बढेमा तत्काल रक्तचापको औषधी सेवन गर्नुपर्ने हुन सकछ ।
- महिनावारी सुकिसकेपछि विभिन्न अवस्थाहरुमा महिलाहरुलाई हर्मोन चक्कि दिनुपर्ने हुनसक्छ । तर कम मात्रामा दिइने यस्ता अर्मोन चक्किले यो उमेर तथा अवस्थामा रक्तचाप बढाउँदैनन् ।
Last modified on 2017-08-08 11:41:41
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>