मुटुमा प्रयोग हुने कोषको निर्माण !

What's This?


Download our app to get more features

एजेन्सी । वैज्ञानिकहरुले मुटुमा प्रयोग हुने अत्याधुनिक प्रविधिभन्दा छिटो, बलियो र कठिन कोषहरुको निर्माण गर्न सफल भएका छन् ।

सान फ्रान्सिस्को ग्ल्याडस्टोन ईन्स्टिच्युटको अध्ययनकर्ताहरुले ५ हजार ५ सय भन्दा बढि रासायनिक परिक्षण गरेको थियो । परिक्षणमा मुटुको वरीपरी खराब भएको नशा तथा स्नायुलाई स्वस्थ बनाउन दुईवटा रसायन पत्ता लागेपछि कुत्रिम कोष बनाउन सफल भएका हुन् ।

यो उपलब्धिले मुटुको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई प्रत्यारोपण गर्न सकिने बताइएको छ । उनीहरुले संसारभरी मुटुरोगीहरु बढ्दै गएकोले यो सफलतालाई मेडिकल क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ ।

हृदयघात पछि मुटुको वरीपरी रहेको स्नायु तथा नशाहरु निश्क्रिय भएपछि क्रमश मुटुनै फेल हुन्छ । जब मुटुको स्नायु तथा नशाहरु खराब हुन्छन् तब पुरै शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छन् र नयाँ कोषहरु निर्माण गर्न सक्दैनन् । ग्ल्याडस्टोनका वैज्ञानिकहरुले यस्तो खराब कोषहरुलाई झिकेर मुसाहरुबाट निकालिएको कोषहरुलाई सुधार गरेर मानिसमा प्रत्यारोपण गर्न सकिने बताएका छन् ।

मुख्य वैज्ञानिक तथा ग्ल्याडस्टोन ईन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिज्का डा.दिपक श्रीवास्तबका अनुसार मुटुको समस्यामा प्रयोग हुने अत्याधुनिक प्रविधिभन्दा अहिले पत्ता लगाइएको कोष प्रभावकारी हुने बताएका छन् । यसको अर्थ अव कोहि पनि मानिस मुटु फेल भएर मर्नुपदैन ।

अहिले पत्ता लगाइएको विधि प्रभावकारी छ तर अहिले १० प्रतिसत खराब कोषमात्रै सुधार गरेर प्रत्यारोपण गर्न सफल भएका छौं उनले भने ।

जिएमटी विधिसंग प्रत्यक्ष पूनकार्यक्रमको लागि मुख्य प्रक्रिया अत्यन्तै राम्रो भएको छ अझै यसलाई सुधार गर्न सकिने डा.दिपक श्रीवास्तले बताएका छन् । उनले भने अनुसार यो प्रविधि रासायनिक प्रक्रियासंगै दुई प्रकारको जीवबिज्ञानमा आधारीत सक्रिय भ्रुणसंग सम्बन्धित विधि भएकोले मुटुको कोषको गति, संख्या र स्वभावको आधारमा उस्तै कोषको निर्माण गर्नुपर्ने हुन्छ । यो विधि निकै जटिल प्रक्रिया हो । सबै बैज्ञानिकहरुले अहिले दुई छुट्टाछुट्टै मुटुको कोषहरुलाई मिलाएर गति, संख्या र स्वभावको आधारमा नयाँ कोषहरु निमार्ण गर्न अध्ययन गरिरहेका छन् ।

ग्ल्याडस्टोन ईन्स्टिच्युटका पोष्टडक्टरीयल डा. तमेर मोहम्मदले विश्वभर मुटुफेल हुने समस्या बढिरहेको बेला यो प्रभावकारी उपचार विधि भएको दावी गरे । यस अध्ययनले निकै अशावादी बनाएको उनको भनाई छ ।

-एजेन्सीको सहयोगमा

Last modified on 2017-08-08 12:45:52

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts