महिनावारी  हुने समय र भएपछि विशेष ख्याल गर्नुपर्ने

What's This?


Download our app to get more features

काठमाडौँ, २६ कात्तिक । रजोनिवृित्त हुने समय र त्यसपछि महिलाले विशेष ख्याल गर्नुपर्ने स्त्रीरोग विशेषज्ञले बताएका छन् । 

आज काठमाडौँमा आयोजित ‘रजोनिवृत्ति सोसाइटी अफ नेपाल’को प्रथम राष्ट्रिय सम्मेलनमा महिनावारी रोकिने समय अघि र पछि आउने परिवर्तनका बारेमा महिला अनभिज्ञ रहेकाले विभिन्न समस्या देखापरेको बताइएको थियो । 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले महिनावारी मातृत्वका लागि महत्वपूर्ण भएकाले यस विषयमा अझै खुलेर बहस गर्नुपर्ने समय आएको बताए । 

उनले मन्त्रालयले आधारभूत स्वास्थ्यमा सबैको पहुँचका लागि पनि गम्भीर भई काम गरेको प्रष्ट पार्दै रजोनिवृत्तिका समयमा हुने परिवर्तनका बारेमा सबैलाई जानकारी भए त्यसकाकाण हुने समस्या कम गर्न सकिने बताएका छन् । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.पुष्पा चौधरीले रजोनिवृत्तिका समयमा देखिने परिवर्तलाई समस्याको रुपमा लिएर गरिने व्यवहारले महिलाहरु अपठेरोमा पार्ने गरेको चर्चा गरे । 

उनले हर्मोनका कारणले महिनावारी रोकिने समयमा धेरै रगत बग्ने, रिङ्गटा लाग्ने, धेरै आत्तिने, महिनाबारी घटबढ हुनेजस्ता सङ्केत देखिने हुँदा यसलाई सहज रुपमा बुझ्न नसक्दा महिलाले दुःख पाएका बताइन् ।
 
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा आरपी विच्छाले सरकारले प्रजनन स्वास्थ्य र मातृ शिशुका लागि विभिन्न काम गरिरहेपनि अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउँदै ग्रामीण क्षेत्रका महिलामा महिनावारीबारे सहजरुपमा जानकारी लिने वातावरण अझै नबनेकाले यसतर्फ पहल हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

रजोनिवृत्ति सोसाइटी अफ नेपालका अध्यक्ष डा स्वराज राजभण्डारीले महिनावारी रोकिने कारण, यसका समस्याबारे जानकारी दिन विभिन्न स्थानमा शिविर राख्दै आएको चर्चा गर्दै महिलाले यस्ता कुरा व्यक्त गर्न नसक्दा मानसिक चिन्ता बढने हुँदा जनचेतना जगाउन सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिइन् ।

सम्मेलनमा ३० भन्दा बढी स्त्रीरोग विशेषज्ञको सहभागिता रहेको छ ।

-रासस 
 

Last modified on 2017-08-09 13:49:06

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts