सरकारको सय दिन: स्वास्थ्यमा गरिएका सबै घोषणा असफल
काठमाण्डौं, २६ कात्र्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको आज सय दिन पुरा भएको छ । प्रधानमन्त्री भए लगत्तै दाहालले स्वास्थ्य क्षेत्रमा सुधारका लागि तीन वटा कार्यक्रम घोषणा गरेका थिए र तीन वटै घोषणा सय दिन पुग्दा पनि पुरा हुन सकेका छैनन् । पद बहाली भएकै दिन प्रधानमन्त्री दाहालले मिति तोकेर घोषणा भएका स्वास्थ्य क्षेत्रका सबै निर्णय अन्यौलमा परेको छ ।
प्रधानमन्त्री भएपछि दाहालले घोषणा गरेका तीन महत्वकांक्षी योजनाहरु ः
१. तीन महिनाभित्र हरेक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउने भनिएको थियो । प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा सुधार गर्न दरबन्दी रहेका हरेक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र डाक्टर पठाइसक्ने घोषणा गरेका थिए । जिल्ला र क्षेत्रीय अस्पताल र स्वास्थ्य चौकीहरुमा चिकित्सक नहुँदा विरामीले अकालमा ज्यान गएको समस्या रोक्न प्रधानमन्त्रीले यस्तो घोषणा गरेका थिए । तर, तीन महिनाभित्र गरिसक्ने भनेको यस्तो घोषणा सरकारको १०० दिन पुरा हुँदा केही प्रगति भएको छैन । पदपूर्तीका लागि प्रक्रिया सुरु भएपनि सवै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुगी सकेको अवस्था छैन
२. गरिब घर परिचान र परिचय पत्र वितरण प्रधानमन्त्रीको अर्को महत्वपूर्ण निर्णय हो । उनले ४५ दिनभित्र २५ जिल्लाका गरिब घरपरिवार परिचान गरी उनीहरुलाई गरिब परिचय पत्र वितरण गर्ने भनेका थिए । त्यस्ता परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायत आधारभूत आवश्यकताका क्षेत्रहरुमा सरकारले राहत उपलब्ध गराउने भनिएको थियो । तर, बितेका १०० दिनमा गरिवी निवारण मन्त्रालय अन्र्तगतको गरिब घरपरिवार पहिचान बोर्डले गरिब परिवारको संख्या समेत छुट्याउन सकेन ।
३. दलित र कर्णाली अञ्चलमा नवजात शिशुको जन्मदर्ता गर्न म्यादभित्रै जानेलाई एक हजार भत्ता दिने भनिएको थियो । प्रधानमन्त्री दाहालले पद बहाली गरेको दोस्रो दिन नेपाल भरका दलित र कर्णाली अञ्चलमा नवजात शिशुको जन्मदर्ता गर्न म्यादभित्रै जानेलाई प्रोत्साहनस्वरुप एक हजार उपलब्ध गराउने निर्णय गराएका थिए । तर, सरकार गठन भएको सय दिन पुग्दासमेत उक्त निर्णय कार्यान्वयनमा पुग्न सकेको छैन । प्रधानमन्त्रीको निर्णय सुनेका कर्णालीका कुनै पनि सुत्केरीले समयमा शिशुको जन्मदर्ता गरेवापत प्रोत्साहन भत्ताको रुपमा एकहजार पाउन सकिरहेका छैनन् ।