रेडियोलोजीको अन्तराष्ट्रिय सम्मेलन राजधानीमा 



Download our app to get more features

काठमाण्डौ, २६ कार्तिक । नेपलिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टर्भेन्सनल रेडियोलोजी  (NEPALESE SOCIETY OF VASCULAR AND INTERVENTIONAL RADIOLOGY) द्वारा आयोजित ‘ईमेज गाइडेड थेरापी’ (IMAGE GUIDED THEPARY)  सम्बन्धि तीन दिने प्रथम अन्तराष्ट्रिय सम्मेलन हिजोदेखि शुरु भएको छ । काठमाण्डौको होटल याक एण्ड यतिमा बिहीवारदेखि सुरु कार्यक्रमको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्नुभयो ।
कार्यक्रममा अमेरिका, बेलायत, चीन, भारत, नेदरल्याण्डका २१ जना सहित नेपाली विज्ञद्धारा विभिन्न विषयगत कार्यपत्र र सोधपत्र प्रस्तुत गरिने कार्यक्रम भैरहेको छ । विश्वमा विस्तारित तर नेपालमा भर्खर बामे सर्दै गरेको ईन्टर्भेन्सन रेडियोलोजी उपविधाको विस्तार र विकासमा यो सम्मेलनले महन्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको सोसाइटीका अध्यक्ष प्रा.डा. रामकुमार घिमिरेले बताए ।
क्यान्सर लगायत विभिन्न साना ठुला रोगको बिना अपरेशन उपचार गर्न यो उपविधाको महत्वपूर्ण भुमिका रहेको छ । स्वदेशी तथा विदेशी गरी झण्डै २०० भन्दा बढि सहभागी रहेको सम्मेलन शनिवार सकिने छ । 

Last modified on 2017-08-08 16:57:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts