पखाला नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित



Download our app to get more features

लहान, २६ कात्तिक । सिरहाको औरही गाविसमा फैलिएको पखालाको प्रकोप अझै नियन्त्रणमा नआउँदा स्थानीयवासी त्रसित भएका छन् । गत पाँच दिनदेखि फैलिएको पखालाका कारण हालसम्म ५० जनाभन्दा बढी बिरामी परेका छन् । 

पखालाबाट प्रभावितमध्ये बिहीबार मात्र थप १५ जना बिरामी उपचारका लागि आएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र औरहीका निमित्त प्रमुख रामनारायण सिंहले जानकारी दिए । यसअघि गत बुधबार सम्ममा ३६ जना बिरामीको उपचार गरेको थियो । पखालाबाट औरही–३ का सात वर्षीय बालक अर्जुन यादवको गत आइतवार मृत्यु भएको थियो । 

औरही–२, ३, ५ र ८ मा पखालाको प्रकोप फैलिएको स्थानीयवासीले बताएका छन् । बिरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखापरेका छन् । एकै पटक ठूलो सङ्ख्यामा पखालाका बिरामी बढेपछि अस्पतालमा शय्याको अभावमा भुुइँमै बिरामी उपचार गराउन बाध्य भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशङ्करलाल कर्णले पखाला फैलिएको औरहीमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्तरुपमा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरिरहेको प्रमुख डा कर्णले बताए। खानेपानी परीक्षणका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । रासस 

Last modified on 2017-08-09 14:05:24

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts