धरानमा नै डेङ्गु देखियो, बिरामी थपिँदै



Download our app to get more features

इटहरी, २६ कात्तिक । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । 

डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका चिकित्सकको भनाइ छ । 

प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँचजना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सकले जानकारी दिएका छन् । डेङ्गुपीडित भएर आउनेलाई आकस्मिक कक्षबाटै उपचार गरेर डिस्चार्ज गरिँदै आएको छ । उपचारका लागि धरानबाटै आएकी एक बालिका र एक अर्का व्यक्तिको मेडिकल विभागमा उपचार भइरहेको छ । 

प्रतिष्ठानको आकस्मिक कक्षमा एक दिनअघि झापाको दमक–१५ बाट डेङ्गुपीडित भएर आउनुभएका २८ वर्षीय सञ्जय निरौला आकस्मिक कक्षमा नै उपचार गराइरहेका छन् । उपचारमा रहेका निरौलाले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । सोही अवसरमा चिकित्सक सुनिल जिरेलले आकस्मिक कक्षमा दैनिक चारदेखि पाँचजना पीडित मानिस भर्ना हुने गरेको जानकारी दिए । रासस 

Last modified on 2017-08-07 15:29:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts