मणिपाल शिक्षण अस्पतालको पठनपाठन अझै ठप्प, विद्यार्थीहरु प्रदर्शनमा

What's This?


Download our app to get more features

काठमाण्डौ, २५ कार्तिक । विगत ८२ दिनदेखि आन्दोलनग्रस्त पोखरा स्थित मणिपाल शिक्षण अस्पतालको पठनपाठन अझै ठप्प छ ।

आन्दोलन भएसँगै शिक्षण अस्पतालमा पढाई ठप्प भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीले बिहीवार तत्काल पढाइ सुचारु हुनुपर्ने मागसहित प्रदर्शन गरेका छन् ।

 एउटै तह र एउटै विभागका चिकित्सकको तलबमा एकरुपता नभएको भन्दै शिक्षकको तलव बढाउनु पर्ने, अस्थायीलाई स्थाइ गर्नुपर्ने लगायतका तीन बुँदे माग राखी चिकित्सकहरु आन्दोलित भएपछि नियमित पठनपाठन बन्द भएको हो । एक सय ५५ जना चिकित्सक भएको विभागमा ५५ जना चिकित्सक आन्दोलनमा छन ।तर प्रशाासनले भने मेडिकल काउन्सीलले आफ्नो कलेजको सिट संख्या घटाएको भन्दै तलब समायोजन गर्न मानेको छैन । प्रसाशनले आन्दोलनरत चिकित्सकको मागको बेवास्ता गर्दा आफुहरुको पठनपाठन अवरुद्द भएको बिद्यार्थीहरु बताउँछन् ।

प्रशासनले भने अल्पसंख्यक चिकित्सक भन्दापनि पूरै विभागसँगमात्र वार्ता गर्ने बताउँदै आइरहेको छ ।

फोटो -डा अनमोल पौडेलको फेसबुकबाट

Last modified on 2017-08-09 14:06:04

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts