वीरको विडम्बनाः बिरामी अलपत्र, डाक्टर तारे होटलमा 

What's This?


Download our app to get more features

काठमाण्डौं, २५ कात्तिक । बिरामी श्रीमतीलाई लिएर बिहीवार बिहान १० बजे वीर अस्पताल पुगेका महोत्तरीका पुरुषोत्तम साहको करिब डेढ घण्टा भौंतारिएरै बित्यो ।

धेरै दिनपछि श्रीमतिको भिडियो एक्सरे गर्ने समय पाएका साह कहिले प्रशासन, भिडियो एक्स रेको कोठा गर्दागर्दै साँढे एघार भयो । न त भिडियो एक्सरेको कोठामा लागेको ताल्चा खुल्यो न त कसैले चित्त बुझ्दो जवाफ नै दिए । 

केही सीप नलागेपछि निराश भएका साहले फोनमार्फत गुनासो गर्दै भने, ‘गरिब जनताको अस्पताल भनेर नारा लगाउने अनि हप्तौं कुरेर आएका निमुखा बिरामीलाई भने बेवास्ता गर्ने यो कुन न्याय हो ? ’

साहको श्रीमतीको पेटमा समस्या देखिए पछि चिकित्सकले भिडियो एक्सरे गर्न भनेका थिए । जस अनुरुप उनको आज एक महिना पछि पालो आएको थियो । पालो परेको हुँदा उनी श्रीमतीलाई लीएर महोत्तरीबाट आएका थिए । तर एक महिना कुरेर पालो परेको दिन समेत सेवा नपाउँदा उनलाई भाउन्न छुट्यो ।

साहको गुनासो सुनीसकेपछि वीर अस्पताल पुग्दा भिडियो एक्सरेको कोठामा ताल्चा लागेको थियो । किन ताल्चा मारेको भनेर सोध्दा भिडियो एक्सरे कक्ष नै बन्द गरी सबै चिकित्सक रेडियोलोजी कन्फ्रेन्समा गएको थाहा भयो । नेपाल सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीले होटल याक एण्ड यतीमा आयोजना गरेको सम्मेलनमा भाग लिन ड्युटीमा कार्यरत भिडियो एक्सरे गर्ने डाक्टरहरु ढोका बन्द गरेर पुगेका थिए । 

महिनादिनपछि पालो आएका बिरामी डाक्टर कुरेर बस्ने अनि डाक्टर भने पाँचतारे होटल जाने छुट हुन्छ भनेर वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई सोध्दा उनले आफु धरानमा भएको  र काठमाण्डौमा रेडियोलोजीको कन्फ्रेन्स भएपनि ड्युटीको डाक्टर अस्पतालमै रहनुपर्ने बताए । 

सो समयमा ड्युटीमा रहेका भिडियो एक्सरे गर्ने डा. सरोज शर्मालाई फोन गर्दा १२ बजेसम्म बिरामी हेरेको दावी गरे । तर बिरामी भने १० बजे देखि नै भौतारीरहेको र भिडियो एक्सरे गर्ने कोठमा ११ बजेर ३० मिनेट बित्दापनि ताल्चा झुण्डिरहेको थियो । डा. शर्माले आफ्नो बचाउ गर्दै एक जना बिरामी ढिला आएकाले उनले उपचार नपाएको जिकिर गरे । 

Last modified on 2017-08-09 13:46:28

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts