सुनसरीमा निशूल्क महिला स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

ईटहरी, २५ कात्तिक । महिला स्वास्थ्यको स्क्रीनिङ्ग तथा उपचारको लागी सुनसरी जिल्लाको दूर्गम क्षेत्र सत्तेरझोडामा एक दिवसीय निशूल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नर्वेजियन संस्थाको सहयोगमा क्विक भोलिएन्टर , यूवा विकाश केन्द्र ईटहरी र ईटहरी प्राथमिक स्वास्थ्य केन्दको संयुक्त आयोजना तथा स्थानिय संघ सस्थाको सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरको आयोजक संस्था ईटहरी प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेण्ट रामकुमार धमलाका अनुसार ५ सय ७ जनाको निशूल्क स्वास्थ्य जांच र उपचारको लागी औषधी वितरण गरिएको छ । 

शिविरमा महिलाको पाठेघर खस्ने समस्या, मूत्र नली सम्वन्धि समस्या, ढाड दुख्ने समस्याको लगायत गर्भवति परिक्षण गरिएको शिविरमा सहभागी वी.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्त्री रोग विषेशज्ञ डा. प्रिथा बस्नेतले बताइन् ।

शिविरमा नर्वेजियन नागरिकबाट वालवालिकालाई दांत माज्ने ब्रस र किशोरीलाई महिनावारी हुँदा पुन प्रयोग गर्न मिल्ने प्याडसमेत वितरण गरिएको थियो ।

शिविरमा वी.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका २ जना स्त्री रोग विषेशज्ञ, ७ जनाको चिकित्सक, २० जना स्वास्थ्यकर्मी सहित १५ जना क्विक भोलिएन्टर सदस्य सहभागी थिए ।

क्विक भोलिएन्टर , यूवा विकाश केन्द्र ईटहरीले हालसम्म पूर्वाञ्चलका विभिन्न ठांउमा १ दर्जन भन्दा वढी निशूल्क स्वास्थ्य शिविर  आयोजना गरिसकेको छ ।

Last modified on 2017-08-07 16:04:06

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts