जिल्ला अस्पतालमा नै छैन सञ्चार सुविधा
रोल्पा, २५ कात्तिक । रोल्पा जिल्ला अस्पतालमा सञ्चार सुविधा नहुँदा बिरामी र स्वास्थ्यकर्मीलाई सास्ती हुने गरेको छ ।
अन्य सरकारी कार्यालय रहेको स्थानभन्दा करिब पाँच किलोमिटर पश्चिममा रहेको जिल्ला अस्पतालमा हालसम्म ल्यान्डलाइन टेलिफोनको सुविधा नभएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त जनस्वास्थ्य अधिकृत तेजेन्द्र साउदले बताए ।
“विगतमा भिस्याट र सिडिएमए टोलिफोनवाट काम चलाउने गरिएपनि ती फोनहरु पनि भरपर्दा छैनन् । आवश्यक परेको बेला नेटवर्क नै हुँदैन ”, साउदले भने । कहिलेकाहीँ बिरामीको उपचार गर्दा अन्य जिल्लाका डाक्टरसँग पनि परामर्श गर्नुपर्ने भएपनि रोल्पा अस्पतालमा फोन र इन्टरनेटको असुविधाका कारण त्यसो गर्न कठिनाइ हुने गरेको उनको भनार्इ थियो ।
अस्पतालजस्तो महत्वपूर्ण स्थानमा टेलिफोन र इन्टरनेटको चौबिसै घन्टा सुविधा हुनुपर्नेमा सञ्चारका कुनै पनि सुविधा उपलब्ध नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुने गरेको जनस्वास्थ्य निरीक्षक नोखराज पोख्रेलले बताए ।
कृष्णबहादुर महरा सञ्चारमन्त्री हँुदा स्थानीयवासीको सहयोगमा टेलिफोन उपलब्ध गराईदिन मागपत्र पेस गरेको भएपनि हालसम्म पनि सुनुवाइ नभएको पोख्रेलले बताए ।
-रासस
Reporter
View Other Stories by Author >>