बिनादर्ता क्लिनिक सञ्चालन
मोरङ, २५ कात्तिक । विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् ।
दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गरेका छन् ।
स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ । सो निर्देशिकाबमोजिम अस्पतालले अटेर गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रशासकीय अधिकृत खत्रीले भने “कारबाही भने गर्न सकिन्छ तर त्यही अनुसारको प्रभावकारी कानुन बनाइनुपर्ने हुन्छ ।” उनका अनुसार उपभोक्ताको भन्दा पनि प्रतिस्पर्धाका आधारमा बजार मूल्य निर्धारण गरिएको बताए ।
मोरङमा दुई सरकारी र ३६ वटा निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन् । ३६ मध्ये केही मात्र विराटनगरबाहिर भएपनि बहुसङ्ख्यक विराटनगरभित्रै छन् ।
-रासस/ फाईल तस्वीर
Reporter
View Other Stories by Author >>