अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प स्वास्थ्यप्रति सचेत
अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निवार्चित भएका छन् । बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारे । अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने श्रेय पाएका डोनाल्ड ट्रम्प आफ्नो स्वास्थ्यप्रति निकै सचेत छन् । ७० वर्षीय नवनिर्वाचित राष्ट्रपति ट्रम्प कहिल्यै मदिरा सेवन गर्दैनन् ।
आफ्नो स्वास्थ्यप्रति सचेत भएरै उनले मदिरा सेवन नगरेका हुन् । उनले आफ्नो भाइ फ्रेड रक्सी कै कारण अस्वस्थ भएपछि यसबाट सधै टाढा रहे । रमाइलो के छ भने सन् २००६ मा भोड्काको उत्पादन सुरु गरेका थिए । ट्रम्पले बजारमा निकै लोकप्रिय रहेको अवस्थामा नै सन् २०११ मा भोड्काको उत्पादन बन्द गरे । उनका नजिकका मान्छेहरु भोड्काले आम मानिसको स्वास्थ्यमा असर पु¥याउने भन्दै भोड्काको उत्पादन बन्द गरेको बताउँछन् ।
सन् १९९० का कंगाल ट्रम्प हाल १ सय वटा कम्पनीका मालिक छन् । २.६ बिलियन डलर सम्पतिका मालिक ट्रम्प दैनिक चार घण्टा मात्र सुत्छन् ।
स्वास्थ्यप्रति ट्रम्प मात्र होइन उनका अविभावक पनि त्यतिकै सचेत थिए । ट्रम्प १३ वर्षको हुँदा सकारात्मक सोच र स्वस्थ्य होस् भनेर न्युयोर्कको एक सैनिक एकेडेमीमा उनका अविभावकले भर्ना गरिदिएका थिए । उनले त्यहाँ राम्रो प्रर्दशन गर्दै सन् १९६४ मा त्यहाँबाट ग्रयाज्युएट गरेका थिए ।