स्वास्थ्य मन्त्रालयको उच्चस्तरिय समितिले काम थाल्यो

What's This?


Download our app to get more features

काठमाडौं २४ कात्तिक । स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समितिले आफ्नो काम सुरु गरेको छ । 
स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा गत कात्तिक १८ गते गठन भएको १३ सदस्यीय समितिको पहिलो बैठक बसी दुई महिना भित्र संपूर्ण काम सक्नेगरी कार्ययोजना बनाएको हो । बैठकमा राज्यको पुनःसंरचना भएपछि बन्ने नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवा तथा संरचनालाई रुपान्तरण गर्नका लागि अहिलेसम्म भईरहेको प्रयासको समिक्षा भएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिए । 
“स्वास्थ्य सेवा, संरचना र नीतिगत व्यवस्थाको समग्र पुर्नसंरचनाका लागि विगतमा भएका प्रयासलाई समेत मध्यनजर गर्दै भोलिको नेपालको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने कुराको खाका हामीले बनाउन लागेका हौं,” स्वास्थ्यमन्त्री थापाले भने । उनले खाका बनाउदा संघीयतालाई मुख्य आधार बनाईने बताए । 
समितिलाई स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका निकायका लागि उपयुक्त हुने संरचनाको खाका तयार पार्ने, स्वास्थ्य नीति, योजनालाइ संघीय संरचना अनुरुपको बनाउन सुझाव, सल्लाह, सहयोग र समन्वय गर्ने कार्यक्षेत्र तोकिएको छ । 
त्यसैगरी विद्यमान स्वास्थ्य क्षेत्रका कानूनहरुलाइ समयानुकुल बनाउनका लागि सुझाव तथा मार्ग निर्देशन गर्ने जिम्मेबारी पनि समितिले पाएको छ । साथै समितिले स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक देखिएका विषयबस्तुमा रुपान्तरण तथा परिवर्तनका लागि मार्ग निर्देश गर्ने भएको छ । 
उच्चस्तरिय समितिमा स्वास्थ्य, संघीयता, पुर्नसंरचना, कानून लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहेका छन् । 

Last modified on 2017-08-07 17:35:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts