'क्याट क्यान डु बट म्यान क्यान नट डु इन काठमाण्डू'
वायु प्रदुषणको जोखिममा काठमाडौं उपत्यका
काठमाण्डौंको वायु प्रदुषणको सन्दर्भमा विदेशीहरुले भन्ने गरेका छन्, ‘क्याट क्यान डु बट मेन क्यान नट डु इन काठमाडौं ।’ भएको पनि यस्तै नै छ । छिमेकी देश चीन र भारतका राजधानी शहरहरु यतिखेर धुँवा र धुलोको मुस्लो भित्र रुमलिरहेको छ । तर उनीहरुको तुलनामा न्यून प्रदुषण उत्सर्जन गर्ने नेपालको राजधानी काठमाडौंमा पनि उस्तै कोलाहल छ । काठमाडौं उपत्यकावासीहरु दैनिक छ खिल्ली चुरोट पिए बराबरको प्रदुषण निलिरहेका छन् । कचौरा आकारको काठमाडौं वायु प्रदुषणको दलदलमा फसिसकेकोले यसतर्फ गम्भीर हुन सरकारलाइ चिकित्सक र सर्वसाधारणले ध्यानाकर्षण गराएका छन् ।
प्रदुषित वायुका कारण भारतीय राजधानीका बासिन्दाको आयु ३ वर्षले कम हुने गरेको सिकागो विश्वविद्यालयका गरेको एक अध्ययनले देखाएको छ । त्यसो त् काठमान्डौ त झन एशिया कै प्रदुषित शहर भनेर ट्याग पाइसकेको छ । यस अर्थमा पनि काठमाडौका बासिन्दा दैनिक मन्द विष निलिरहेका छन् । बिहान ११ बजेदेखि बेलुका ४ बजे सम्म मात्र त्यो पनि कम मात्रामा मात्रै उपत्यकाको हावा पूर्वी बाटो बाहिरिन्छ । अर्कोतिर चिसो हावा तल, तातो हावा माथि र डाँडाहरुको उचाइअनुसार बन्ने वायुमण्डलीय स्थिर अवस्थाले प्रदूषित वायु माथि जाने प्रक्रिया बिर्को लगाए जस्तै गरी बन्द हुने विज्ञहरुको तर्क छ । बायु प्रदुषणका कारण श्वासप्रस्वास र फोक्सोको बिरामी बढेकोले काठमाडौंको वायु प्रदुषण नियन्त्रण तर्फ सरकार गम्भीर हुनुपर्ने चिकित्सकको भनाई छ ।
अहिले नै काठमाडौको बायु प्रदुषणमा ध्यान नदिने हो भने छिट्टै भयाभह रुप नलेला भन्न सकिन्न ।
पुराना थोत्रा गाडीहरुको अनुगमन गरि सञ्चालनमा प्रतिवन्ध लगाउन राज्य लागेमात्रै पनि प्रदुषणबाट केहीमात्रामा जोगिने अनुभवीहरुको सल्लाह छ । यस्तै विधुतीय सवारीसाधन, युरो २ र ३ मापदण्डका गाडीमात्रै चलाउने, इनाथोल कम सल्फर भएका डिजेल जस्ता सफा इन्धन प्रयोग गर्ने, सार्वजनिक यातायात, पैदल हिड्ने वा साइकल यात्रा विकास गर्ने गरेमा पनि प्रदूषणँको मात्रा घटाउन सकिन्छ ।