एक्सरेको विकास र प्रयोग कसरी भयो ? 

सन्दर्भः विश्व रेडियोग्राफी दिवस



Download our app to get more features

धुनिक चिकित्सा विज्ञानमा उपचार पुर्व रोग निदानका लागि गरिने आधारभुत र महत्वपुर्ण जाच पड्ताल मध्य रेडियो डायग्नोसिस विधा पनि हो ।

जसअन्तर्गत सादा एक्सरे, अन्य विशेष खालका एक्सरेहरु (फ्लूरोस्कोपी, एन्जियोग्राफी) मामोग्राफी, सि.टी. स्क्यान, पेटस्क्यान, अल्ट्रासाउण्ड, एम.आर.आई. आदि पर्दछन । पछिल्ला दुइवटा जाँचलाई छाड्ने हो भने अरु सम्पूर्ण जाँचहरु एक्सरे उत्पादनको सिद्दान्तमा आधारित छन । त्यही एक्सरे पत्ता लागेको वार्षिकोत्सवको अवसर पारेर सन २०१२ देखि नोभेम्बर ८ तारेखका दिन ‘अन्र्तराष्ट्रिय रेडियोलोजी दिवस’ मनाउने गरिएको छ । आज भन्दा १ सय २१ वर्ष अगाडि सन १८९५ मा जर्मन भौतिक विज्ञ विल्हेम कोनराड रोन्तजेन (Wilhelm Conrad Röntgen) ले लेनार्ड (Lenard) र क्रुक (Crooke’s) ट्युबमा प्रयोग गर्दा गर्दै अकस्मात एक विकिरण पत्ता लगाए । शुरुमा यसको कुनै पनि विशेषता थाहा नभएको हुनाले यसको नाम एक्सरे (X-ray)    राखियो । तत्पश्चात वैज्ञानिकहरुले विभिन्न मन्च (Forum) हरुमा छलफल गरेर रोन्तजेनको योगदानको कदर गर्दैै यसको नाम रोन्तजेनरे (Röntgen-ray) राखे पनि उनकै विरोधका वावजुद त्यो नामले निरन्तरता पाउन सकेन ।

तत्कालिन चर्चित खोज मानिएको एक्सरेको बारेमा रोन्तजेनले विभिन्न प्रस्तुति र प्रकाशन गरेपनि यसको पहिलो मेडिकल प्रयोग भने उनले आफ्नै श्रीमति एन्नाको हातको एक्सरे गरेर गरेका थिए । शुरुमा यसको प्रतिअसर थाहा नभएकाले मानिसहरुले फोटोग्राफी सरह एक्सरेको प्रयोग गरे । झण्डैै १ दशक सम्म मानिसहरुले पैसा तिरेर सौखका लागि एक्सरे गर्ने गरे तर जब विस्तारै यसको असरहरु देखिन थाल्यो तब यसको जथाभावी प्रयोग बन्द भयो । एक्सरेको असर–प्रतिअसरमा साधारण असर देखि शरीरका विभिन्न भागका क्यान्सरसम्म रहेका छन । गर्भवती अवस्था र बच्चामा एक्सरेको प्रयोग संवेदनशिल मानिन्छ, तसर्थ गर्भवति अवस्थामा यसको प्रयोग सकेसम्म न्युन रुपमा गर्नुपर्छ । 
मेडिकल क्षेत्रमा एक्सरेको प्रयोगः

  •   साधारण रेडियोग्रफीः छाती (Chest), हातखुट्टा (Extremities), कुम (Shoulder), नितम्ब (Hip), मेरुदण्ड (Vertebral column), घाटी  (Neck), टाउको  (Skull), पिनास (Sinus) आदी 
  •  दातको एक्सरे (Dental X-ray)   
  •  स्तनको एक्सरे  (Mammography)
  •  फ्लूरोस्कोपी (Fluroscopy) :  विशेष खालको एक्सरे र कार्यविधीहरु  (Procedure)
  •  एन्जियोग्राफी  (Angiography)
  • टोमोग्राफी (Tomography)
  • सि.टि. स्क्यान (CT Scan)
  • रेडियोथेरापी (Radiotherapy)

रोन्तजेनको सम्झनामा र एक्सरे पत्ता लागेको अवसर पारेर वर्षेनी मनाइने  ‘अन्र्तराष्ट्रिय रेडियोलोजी दिवस’ को यस वर्षको मूल नारा भने SCREENING AND BEYOND, “Medical Imaging in the Detection, Diagnosis and Management of Breast Diseases”  तय गरिएको छ । विश्वव्यापी रुपमा भयाभह रुपमा बढ्दै गएको स्तनको क्यान्सरको रोकथाम र शूरुकै अवस्थामा पत्ता लगाएर यसको उपचार गरी यसबाट हुने असर र मृत्यु घटाउने उद्देष्यले नोभेम्बर ८ का दिन विभिन्न जनचेतनामुलक कार्यक्रम गरी यो वर्षको दिवस मनाइएको छ । 

Last modified on 2017-08-07 17:38:01

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts