नेपालीको स्वास्थ्यमा भन्दा रक्सी–चुरोटमा खर्च धेरै
काठमाण्डौं, २३ कात्तिक । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् ।
विभागले निकालेको सन् ०१४-१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ । ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । आजको नयाँ पत्रिकामा भिषा काफ्लेले लेखेको समाचार छ ।
मद्यपानमा मात्रै सहरी क्षेत्रमा बस्ने व्यक्तिले वर्षमा तीन हजार सात सय ४४ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार चार सय ९३ रुपैयाँ खर्च गर्ने गरेका छन् । धुम्रपानमा सहरी क्षेत्रमा बस्नेले एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् ।
चुरोटमा खर्च बढ्यो, रक्सीमा घट्यो
नेपालीले रक्सी र चुरोटमा गर्ने खर्चमा परिवर्तन आएको छ । सन् ०१३-१४ मा भन्दा ०१४-१५ मा चुरोट (धुम्रपान) का लागि गरेको खर्च बढेको पाइएको छ । धुम्रपानमा अघिल्लो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेले एक हजार दुई सय आठ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार एक सय ७९ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष बढेर सहरी क्षेत्रमा एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ ।
रक्सी (मद्यपान) मा अघिल्लो वर्ष सहरमा बस्नेले पाँच हजार एक सय ८४ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष तीन हजार सात सय ४४ रुपैयाँ मात्र खर्च गरेका छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले पनि रक्सीमा खर्च कम गरेको पाइएको छ । अघिल्लो वर्ष एक हजार सात सय ७९ खर्च गरेकोमा पछिल्लो वर्ष एक हजार चार सय ९३ रुपैयाँ मात्र खर्च गरेका छन् ।
उद्यमशीलता गुम्दै गएको छ
दीपेन्द्रबहादुर क्षेत्री, पूर्वउपाध्यक्ष,
राष्ट्रिय योजना आयोग
रक्सी र चुरोटको खपतले तत्काल राज्यलाई करबाट आम्दानी देखिने गरे पनि भविष्यमा त्यसको परिणाम भनेको अस्वस्थ जनशक्ति उत्पादन गर्ने हो । रक्सी–चुरोटमा व्यक्तिले लगानी गर्नुमा उनीहरूको प्रचार पनि एक कारण हो । हामीमा नियमित स्वास्थ्य जाँचको चलन छैन, तर, सार्वजनिक बिदाको दिन रक्सी र चुरोट खाने जीवनशैली सुुरु भएको छ । यो जीवनशैलीले गर्दा उद्यमशीलता र सिर्जनशीलता गुम्दै गएको छ । विदेशी रक्सी–चुरोटको आयातले देशको व्यापारमा असन्तुलन ल्याउँछ ।
पारिवारिक बिग्रह निम्त्याउँछ
सुरेश ढकाल, मानवशास्त्री
रक्सी र चुरोटको सहज उपलब्धता र अत्यधिक प्रयोगले स्वास्थ्य र आर्थिक प्रभाव जति पार्छ, त्योभन्दा बढी सामाजिक र सांस्कृतिक रूपमा नकारात्मक प्रभाव पार्छ । परिवारमा झैझगडा, बिग्रह निम्त्याउँछ भने सांस्कृतिक स्थानान्तरण पनि बढाउँछ । अचेल सांस्कृतिक स्थानान्तरणको रूपमा ब्रतबन्ध र विवाहमा रक्सी अनिवार्यजस्तो बन्न थालेको छ । त्यसले गर्दा मान्छेको जीवनशैलीमा परिवर्तन आएको छ ।
नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् ।
विभागले निकालेको सन् ०१४-१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ । ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ ।

- See more at: http://www.enayapatrika.com/2016/11/102883#sthash.W4Pfj8lp.dpuf

बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>