सर्लाहीको हरीवनमा डेंगु संक्रमित फेला
सर्लाही—२२ कार्तिक, सर्लाहीको हरीवन नगरपालीका क्षेत्रमा डेंगुको संक्रमण फेलापरेको छ ।
सरकारले डेंगुको संक्रमण घटेको बताइरहँदा एक साताको अवधिमा सर्लाही जिल्लाको उत्तर क्षेत्रमा पर्ने हरीवन नगरपालीका क्षेत्रमा २ जनामा डेंगुको संक्रमण प्रमाणित भएको हो । हरीवन नगरपालीका ११ स्थित राजन खनाललाई काठमाण्डौ स्थित टेकु अस्पतालले गत १८ गते डेंगुको संक्रमण भएको प्रमाणीत गरेको थियो । त्यसको एक साता पनि नबित्दै आज हरिवन नगरपालीका १० स्थित मेगा बैंक हरीवन ब्रान्चमा कार्यरत राधाकृष्ण मैनालीपनि डेंगुबाट संक्रमित भएको प्रमाणित भएको छ ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयले बर्षेनि डेंगु रोग नियन्त्रणको कार्यक्रमहरु सञ्चालनमा रहेकाले छिटफुट घटनाबाट डराउन नपर्ने बताएको छ ।
Last modified on 2017-08-07 17:41:16
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।