मानसिक स्वास्थ्यको पाँचौ अन्तराष्ट्रिय सेमिनार सम्पन्न



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । मनोचिकित्सा, मानसिक स्वास्थ्य विभाग र त्रि.वि.आइ.ओ.एम.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको पाँचौ अन्तराष्ट्रिय सेमिनार शिक्षण अस्पताल महाराजगञ्जमा सम्पन्न भएको छ । 

उत्तर र दक्षिणका राष्ट्रहरुमा बसोबास गर्ने मानिसहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गरीएको थियो । साथै मनोशारीरिक र अन्तर सांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बालदुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्नभएको हो ।

कार्यक्रममा नर्वे, हल्याण्ड र नेपालका अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको मानसिक स्वास्थ्यको वर्तमान आवश्यकता र चुनौतिका विषयमा प्रा.डा. सरोज प्रसाद ओझाले आफ्नो कार्यपत्र प्रस्तुतगर्दै मानसिक स्वास्थ्य क्षेत्रको विकासका लागि राज्य, मानसिक स्वास्थ्यकर्मी, संघ संस्था र जनस्तरबाट समेत पहल गर्नुपर्ने बताए ।

त्यस्तै ओस्लो विश्वविद्यालयका सह–प्राध्यापक डा. सुरज थापाले नेपाल र नर्वे विच मानसिक स्वास्थ्यको अनुसन्धान, शिक्षण र सेवामा सहकार्यको सम्भावना र आवश्यकता बारे प्रकाश पारेका थिए ।

 प्रत्येक वर्ष सम्पन्न हुने यस्तो कार्यक्रमले मानसिक स्वास्थ्यकर्मीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने र सर्वसाधारणहरुलाई गुणात्मक सेवा प्रदान गर्न मद्धत मिल्ने आइ.ओ.एम. का निमित्त डीन विमल सिन्हाले बताए । 

कार्यक्रममा विभिन्न देशका मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, अनुसन्धानकर्ता एवं स्वास्थ्यकर्मी र पत्रकार लगायत १ सय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम ओस्लो विश्वविद्यालय र साइक्याट्रिक्स् एसोसिएशन नर्वेको सहकार्यमा भएको थियो । 

 

Last modified on 2017-08-07 17:43:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts