स्थानियले गरे क्यान्सर पिडित बालकालाई ९५ हजार हस्तान्तरण



Download our app to get more features

उर्लाबारी (मोरङ), २२ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ जिरिखिम्तीका क्यान्सर पीडित १२ वर्षीय उत्सव धिमालको उपचारका लागि स्थानीयले रु ९५ हजार १११ सङ्कलन गरी हस्तान्तरण गरेका छन् । 

विपन्न परिवारका उत्सवको उपचारमा समस्या भएपछि नेकपा (एमाले) मोरङ क्षेत्र नम्बर २ तथा त्रिवेणी युवा समूहको अगुवाइमा ऐयाबारीमा सङ्कलित सो रकम एक कार्यक्रमका बीच सांसद चण्डीप्रसाद राईमार्फत पीडितका बाबु छत्रबहादुर धिमाललाई हस्तान्तरण गरियो । 

उत्सवलाई बचाउनका लागि साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउँ अभियान समिति’ खडा गरी आर्थिक सङ्कलन कार्य अगाडि बढाइएको छ । उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरे पनि क्यान्सर नै भइसकेको भन्दै बम्बइको टाटा हस्पिटलले किमोथेरापी दिइरहेको छ । 

शल्यक्रिया, त्यसपछिको किमोथेरापीसहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १५ लाख बढी रकम खर्च भइसकेको भन्दै उत्सवका बाबु छत्रबहादुरले सहयोगको याचना गरेका छन्। रासस 

Last modified on 2017-08-07 17:43:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts