भूकम्प अतिप्रभावित सिंगटीमा स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौ, २१ कार्तिक । राष्ट्रिय चिकित्सक संघ र तिलकबहादुर खड्का स्मृति कोषको संयुक्त आयोजनामा दोलखाको भूकम्प अति प्रभावित सिंगटीमा बृहत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार आयोजति शिविरमा एक हजार ८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये २ सय ७० जनाभन्दा बढीमा आँखाको समस्या रहेको पाइएको छ । शिविरमा एक सय ५० जनाभन्दा बढीको अल्ट्रा साउण्ड एक्सरे गरिएको रेडियोलोजिष्ट एवं राष्ट्रिय चिकित्सक संघका उपाध्यक्ष डा. रविन खड्काले जानकारी दिए ।
शिविरमा जनरल फिजिसियनहरु डा. रक्षा श्रेष्ठ, डा. अमल बस्नेत, डा. रमेश ढकाल जनरल सर्जन डा.सुशीलमोहन भट्टराई (राष्ट्रिय ट्रमा सेन्टर, मनोरोग विशेषज्ञ डा. रितेष थापा ( रिदम साइक्याट्रि हस्पिटल) , दन्तरोग विशेषज्ञ डा. प्रेनित पोखरेल (कान्तिपुर डेन्टल तथा जनरल अस्पताल), एनेस्थेसिस्ट डा. नविन पोखरेल (राष्ट्रिय ट्रमा सेन्टर) , रेडियोलोजिष्ट डा. रविन खड्का, स्त्रीरोग विशेषज्ञ डा. अन्जना न्यौपाने (शंखरापुर अस्पताल)र तिलगंगा अस्पतालको आँखारोग विशेषज्ञको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । हाम्रो डक्टर डटकम अफिसियल मिडिया पार्टनर रहेको स्वास्थ्य शिविर कार्यक्रममा औषधि आवश्यक भएका बिरामीलाई निःशुुल्क औषधि प्रदान गरिएको छ ।
1 Comments
-
Good job. Well done.
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।