हिमाली जिल्लामा आँखा शिविरले ल्याएको खुशी



Download our app to get more features

ताप्लेजुङ, २१ कार्तिक । हिमाली जिल्ला ताप्लेजुङको पश्चिमी गा.वि.स. साघुँ ५ का ८९ बर्षका सच्चबहादुर थक्लुङ(लिम्बु) आखाँको शल्यक्रियापछि ठमठम हिडेंर घर फर्केका छन् ।

उनलाई नातीले पिठ्युमा बोकेर शिविरसम्म ल्याएका थिए । आखाँमात्र कमजोर भएर थलिएका उनी आखाँको शल्यक्रिया सफल भएपछि खुसि हुँदै हिडेर घर फर्केको उनका नाती प्रकास थक्लुङ (लिम्बु)ले बताए ।

थक्लुङमात्र होईन ताप्लेजुङ नगरपालिका ७ का ८९ बर्षका जगन्नाथ भट्टराईले पनि आफ्नो आखाँ  शल्यक्रिय पछि पुनः पहिलाको अवस्थामा नै आएकोमा दङ्ग भएका छन् । घरबाहिर मान्छे आएको गएको केही नदेख्ने अवस्थामा पुगेका भट्टराईले अहिले पुनः संसार हेर्न पाएकोमा खुसि भएको बताए ।

त्यस्तै फुरुम्बु गाविस ५ कि ८५ बर्षीया सावित्रा दाहाल, मामाङ्खे गाविसकी ७५ बर्षकी सञ्चमाया मावो, सावादिन ६ का ८८ बर्षका दिलबहादुर चौहान लगायतले आँखाको शल्यक्रिया गरेपछि पुनः आखाँ देख्ने भएकोमा दङ्गबनेका हुन् ।  

यी त उदाहरण मात्र हुन् ।  सेवा फाउन्डेसन अमेरीकाको आर्थिक सहयोगमा नेत्रज्योति संघ ताप्लेजुङको संयोजकमा डा.नन्दा गुरुङ्गको नेतृत्वमा आएको ७ जनाको टोलीले आँखा शिविर सञ्चालन गरेपछि उनीहरुको जीवन फेरिएको हो ।

ताप्लेजुङको डिचेन डोङ्ला स्मारक आखाँ अस्पतालमा सम्पन्न निशुल्क आखाँ शिविरमा ३ सय २० जनाले आखाँको उपचार तथा परीक्षण गराएको आखाँ अस्पतालका चिकित्सक काजि गुरुङले बताए । त्यसमध्ये ५० जनाको आखाँको साधारण अप्रेशन गरीएको थियो भने ७५ बर्ष माथिका २५ जना बयोबृद्धको मोतिया विन्दुको शल्यक्रिया गरीएको डा.नन्दा गुरुङ्गले बताए ।

४० बर्ष नाघेका अधिकाश व्यक्तिहरुमा मोतिया विन्दुको  समस्या देखिएको अस्पतालका कर्मचारी काजी गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार जिल्लामा बालबालिकामा मोतियाविन्दुको समस्या देखिएको छैन् । तर अन्य आँखाको समस्या भने देखिएको छन् । उनीहरुले बेलैमा उपचार नगरेमा आखाँको समस्या आउने समेत उनले बताए । 

जिल्लामा कार्तिक १९ गते देखि राखिएको आँखा शिविर २१ गते आईतबार सम्म चलेको थियो ।

Last modified on 2017-08-07 17:45:01

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts