आर्थिक अभावको कारण उपचारमा समस्या



Download our app to get more features

काठमाण्डौ, २१ कार्तिक ।  शरीरमा हुने सेतो रक्तकोषको कमीका कारण विगत २ महिनादेखि उपचाररत गोरखा जिल्ला मसेल वडा नं ६ खागीथोक का ५०  वर्षिया सन्तोष बरामलाइ आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । उनको सेतो रक्तकोषका कमी हुँदा रगत उत्पादन कम हुने भएकोले तत्काल निको पनि नहुने र नियमित उपचार गराउनु पर्ने अवस्था  रहेको चिकित्सकले जनाएका छन् । उपचारको क्रममा आफ्नो सबै सम्पति सकिएको र अव उपचार गराउन आर्थिक अवस्था कमजोर भएकोले असमर्थ भएको हुदा उनको परिवारले अर्थिक सहयोगको लागि हारगुहार गरेका छन् ।

यस अघि छोराले मलेशियामा मजदुरी गरि  पठाएको ३ लाख रुपयाँ बरामको उपचारमा खर्च भइसकेको छ । अस्पतालले अझैं करीब १२  लाख खर्च हुने जानाकारी दिएको छोरी रुशिला बरामले बताइन् । उनलाई यस अघि काठमाडौँका विभिन्न अस्पतालमा उपाचार गराईएका थियो तर सोचे जस्तो स्वास्थ्यमा प्रगति नदेखिएको परिवारका सदस्यले बताएका छन् । 

सन्तोष बराम्लाई सहयोग गर्न चाहानेले गोर्खा स्थित कसमस बैँकमा छोरी रुशिला बरामको नाममा रहेको खाता ००३००३००५००००६१२८०००००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

Last modified on 2017-08-09 14:48:30

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts