औषधिका रुपमा जडीबुटीको प्रयोग बढ्दो



Download our app to get more features

काठमाडौँ, १९ कात्तिक । औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएकोे छ । 

बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ । विभागका प्रवक्ता सुधीता बासुकलाले २०६५ सालको तुलनामा ११८ प्रजातिका जडीबुटी वृद्धि भएको जानकारी दिए। 

विसं २०६५ मा ७०१ जडीबुटी औषधिका रुपमा प्रयोग भएकामा अहिले सो सङ्ख्या ८१९ पुगेको छ । सबैभन्दा बढी कर्णाली क्षेत्रमा तथा कम गण्डकी क्षेत्रमा जडीबुटी उत्पादन हुन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएका कारण बढी मात्रामा जडीबुटी उत्पादन हुने गरेको विभागको भनाइ छ । 

हिमाली क्षेत्रमा जटामसी, कुट्की, अतिस, पद्यमचाल पहाडी, क्षेत्रमा चिराइतो, टिमुर, तेजपात, दालचिनी, सुगन्धवाल तथा तराईमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धालगायतका जडीबुटी पाइने गरेका छन् । उत्पादन हुने अधिकांश जडीबुटी भारत र चीनमा निकासी हुने गरेको बताइएको छ । रासस 

Last modified on 2017-08-09 15:13:19

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts