विराट नर्सिङहोमको तीनतलाबाट हाम्फालेर बिरामीद्वारा आत्महत्या



Download our app to get more features

काठमाण्डौ, १८ कार्तिक । विराटनगरस्थित विराट नर्सिङ होमका एकजना बिरामीले आत्महत्या गरेका छन् । 
सुनसरीको पूर्वकोशाका २५ वर्ष अनुज विश्वासले अस्पतालको तीनतलाबाट हामफालेर आत्महत्या गरेको स्थानीय पत्रकार विनोद भण्डारीले जानकारी दिएका छन् ।  मेनेन्जाइटिस्का कारण थलिएका उनी ४ दिनअघि अस्पताल भर्ना भएका थिए । आइसियुमा राखेर उपचार गरिएपछि निको भएका विश्वासलाई आजै अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्ज हुनुअघि उनका परिवारले उपचारखर्च स्वरुप १ लाख २७ हजार अस्पताललाई तिरेका थिए । उनलाई घर लैजान एम्बुलेन्स तयार पारिसकेपछि तीनतलाबाठ हाम्फालेका थिए । उपचारपछि सामान्य अवस्थामा आएका उनले किन आत्महत्या गरे भन्ने बारेमा नखुलेपनि कमजोर आर्थिक अवस्थाका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उनको उपचारमा लागेको पैसा छिमेकीहरुले चन्दा उठाएर तिरेको बताइएको छ । 

 

Last modified on 2017-08-09 15:53:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts