५१ जिल्लाले निःशुल्क दिईने औषधी खरिद गरे



Download our app to get more features

काठमाडौं, १८ कार्तिक । चालु आर्थिक बर्षको बजेटबाट बिहीबार सम्म ५१ जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी खरिद गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाँडो औषधि खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले जानकारी दिए । 
उहाँले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताए ।  जिल्लाहरुले ३ लाख रुपैया बराबरको औषधी किनिसकेका हुन् भने बाँकी औषधी किन्नका लागि बिहीबार सम्ममा ३३ ओटा जिल्ला जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेका छन् । बाँकी जिल्लाले पनि एकहप्ता भित्र बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ । 
केन्द्रमा आपुर्ती महाशाखाले १६ गते नै वोलपत्र आह्वान गरेको हो भने जिल्ला जनस्वास्थ्य कार्यालयहरुले अहिले आह्वान गरिरहेका छन् । जनस्वास्थ्य कार्यालयहरु मध्ये सवै भन्दा धेरै काठमाडौंले ७५ लाख र सवै भन्दा थोरै मनाङले १३ लाख रुपैया बराबरको औषधी किन्ने भएका छन् । पाँच ओटै क्षेत्रीय निर्देशनालयहरुले पनि एक दुई दिन भित्रमा बोलपत्र आह्वान गरिसक्ने डा दाउदले बताए । क्षेत्रीय निर्देशनालय मध्ये धनकुटाले ६० लाख, हेटौंडाले ७५ लाख, पोखराले ६० लाख, सुर्खेतले ५५ लाख र डोटीले ५० लाखको औषधी किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका हुन् । 
बोलपत्र आह्वान गरेपछिका वाँकी सवै प्रक्रिया पुरा गर्दा बढीमा २ महिना भित्रमा औषधी ल्याईसकिने निर्देशक डा दाउदले बताए । मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गर्न लागेका हुन् । 


 

Last modified on 2017-08-09 15:54:13

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts