डेंगु नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दावी 



Download our app to get more features

काठमाण्डौ, १८ कार्तिक । देशभरका विभिन्न ठाँउमा तिव्र रुपमा फैलिएको डेंगु नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ । 

विगत तिनदिनयता कुनैपनि जिल्लामा विरामीहरु देखिएको भन्ने जानकारी नआएकाले डेंगु पूर्ण नियन्त्रणमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनुभयो । साथै, प्रभावित जिल्लाहरुबाट किटको माग नआएकाले पनि डेंगु नियन्त्रणमा आएको हुनसक्ने उहाँको भनाई छ । डेंगुबाट प्रभावित कुनैपनि जिल्लामा किटको अभाव नभएको महाशाखाको दावी छ । 
गत साउनदेखि अहिले सम्म चितवनमा ४ सय ९४, झापामा १ सय ८४, रुपन्देहीमा १८, कैलालीमा १२ र मकवानपुर, वाँके र बर्दियामा ११÷११ जना सहित देशभरी ७ सय ७१ जनामा डेंगु भएको पुष्टी भएको छ । 
स्वास्थ्य मन्त्रालयको सतर्कता अभियान अन्तर्गत लामखुट्टे मार्ने र औषधी उपचार गर्नेक्रम बढेकाले रोग नियन्त्रणमा आउन थालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

 

Last modified on 2017-08-09 15:54:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts