मोटोपन घटाउन रातमा गर्नैपर्ने ४ काम
धेरै व्यक्ति मोटापनबाट हैरान भएका छन् । आफ्नो तौल घटाउन हरप्रकारको कार्य गर्न तयार हुनुको साथै गरी पनि रहेका हुन्छन् । तर, पनि सानो सानो गल्तीका कारण उनीहरु आफ्नो तौल नियन्त्रण गर्न सकिरहेका हुँदैनन् । मोटापन कम कडा परिश्रम गर्ने, खाना नखाने जस्ता कार्य गर्दैमा तौल नियन्त्रण गर्न सकिदैँन । यसका लागि पनि केही नियम हुन्छन् ।
सायद तपाईं पनि धेरै महिनादेखि मोटापन घटाउन कोशिस गर्नुभएको छ, तर यसमा सफल भने हुनसक्नु भएको छैन । यसका लागि केही विशेष नियमको पालना गर्नुपर्ने हुन्छ ।
यदि आफ्नो तौल नियन्त्रण गर्नु छ भने राति सुत्नु अघि केही नियमको पालना गर्नुपर्ने हुन्छ । नियम पालना गर्न सकेमा सानो मेहेनतमै तौल नियन्त्रण गर्न सकिन्छ । यसका लागि दैनिक रुपमा तल दिएको कार्य गर्न सकेमा तौल कम गर्न सकिन्छ ।
खुर्सानीको सेवनः वैज्ञानिकहरुको एक अध्ययन अनुसार मोटापन कम गर्न खुर्सानीको सेवन गर्नुपर्छ । सुत्नुपूर्व यसको सेवन खानासँगै गर्नुपर्ने हुन्छ । यसरी नियमित रुपमा सेवन गरेमा तौत घट्ने प्रक्रिया सुरु हुन्छ ।
ग्रीन टी पिउनेः राती सुत्नु भन्दा पहिला ग्रीन टी पिउनाले शरीरको मेटावोलिजम बढ्न जन्छ । जसले रातभर तपाईको तौल कम हुदै जान्छ ।
चिनी तथा स्टार्चको सेवन नगर्नेः चिनीले इन्सुलिन निकाल्ने प्रक्रियालाई उत्तेजित गराउँछ । इन्सुलिनमा शरीरमा मुख्य फ्याट स्टोरेज हार्मोन हुन्छ । जव इन्सुलिनको मात्रा कम रहन्छ, तब शरीरमा त्यसमा जम्मा भएको फ्याटको बर्न गर्न सुरु गर्छ । त्यसैले रातिमा कार्वोहाइटेड खानु हुदैन ।
निन्द्रा पुरा गर्नेः खराव निन्द्राले तपाईको तौल बढ्न गई मोटापनको शिकार बनाउन सक्छ । सुत्नुपूर्व ध्यान, आनन्दित संगीत सुन्ने, तातो पानीले नुहाउने गर्नु राम्रो मानिन्छ । यसो गर्नाले राम्रोसँग निन्द्रा लाग्दछ । राम्रो निन्द्रा परेमा शरीरको मेटावोलिजम बढ्न जान्छ र फ्याट कम हुन्छ । सुत्नाले शरीरको हार्मोन कन्ट्रोल हुन्छ, जसले पटक–पटक भोक लाग्दैन तथा शरीरको उर्जा पनि कम हुन दिँदैनन् ।
एजेन्सिको सहयोगमा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>