लामखुट्टे भगाउने घरेलु उपाय
काठमाण्डौ । तराईका विभिन्न जिल्लामा पोथी लामखुट्टेका टोकाइबाट हुने डेंगुको संक्रमण बढिरहेको छ । डेंगुको संक्रमण देखिनुभन्दा पहिलेनै लामखुट्टको टोकाइबाट बच्नुराम्रो हुन्छ ।
यदि तर्पाइलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतीबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी हुन्छ । शरीरमा तुलसीको पातको रस लगाउँनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि पनि लामखुट्टे भगाउन सकिन्छ ।
पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ । हाम्रो बगैंचामा प्रायजसो सयपत्री फूल फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौशी तथा बैठक कोठामा पनि सयपत्री फूललाई सजावटका लागि राखेका हुन्छन् ।
सयपत्री फूलको सर शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ । कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिइ पछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउँन सकिन्छ । सर्स्युँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।
कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।
लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउँन सकेत सकिन्छ ।
मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलायको लालटिनलाई बाल्दा पनि लामखुट्टेल भगाउँन सकिन्छ ।
एजेन्सीको सहयोगमा
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।