अब म स्वस्थ्य भएको छुः पूर्व राष्ट्रपति यादव



Download our app to get more features

वासिङ्टन डिसी, १५ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 
आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भने– “मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।” 
अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना हुनुभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उहाँको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लाग्नुभएका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहनुभएको थियो । 
“उपचारको नियमित चेकजाँचको लागि ५÷६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु”– डा यादवले भने । 
कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भने– “म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।” रासस 

Last modified on 2017-08-09 16:25:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts