म्याद गुज्रेका औषधिसहित अहेब पक्राउ



Download our app to get more features

राजविराज, १३ कात्तिक । सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ । रासस 

Last modified on 2017-08-09 16:59:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts