सिंहदरबार वैद्यखानाले वार्षिक कारोबार पाँच करोड पुर्याउने
काठमाडौं, १२ कार्तिक । ‘दिगो स्वास्थ्यको आधारः आयुर्वेद उपचार’ भन्ने नाराका साथ सिंहदरबार वैद्य खाना विकास समितिले बाइसौ वार्षिकोत्सवका साथै धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।
कार्यक्रममा सिहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक डा. राजेन्द्रकुमार गिरीले २००७ सालदेखि सर्वसाधारणका लागि आयुर्वेद औषधि उत्पादन गर्दै आएपनि सोचे अनुरुप अघि बढ्न नसकिएको दुखेसो पोखे ।
हाल वैद्य खानाले वार्षिक तीन करोडको औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले यसैवर्षदेखि पाच करोडको उत्पादन गर्ने लक्ष्य लिएको जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को जिएमीपी मापदण्ड अनुसार औषधि उत्पादन गर्न पूर्वाधार निमार्ण सुरु हुन लागको समेत वैद्यखानाले जनाएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले हामीसँग प्रचुर मात्रामा आयुर्वेदको सम्भावना रहेकाले कच्चा पदार्थ भारत पठाउने र त्यसबाट उत्पादित वस्तु नेपाल भित्र्याउनु पर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए । यसका लागि आयुर्वेद नीति २०५२ लाई परिवर्तन गरेर भएपनि यसलाई रोक्नुपर्ने बताए ।
मन्त्री थापाले सिहदरबार वैद्यखानाको स्तरोन्नतिका लागि कोर भ्यालुलाई नछोडी र समय अनुसार आफुलाई परिवर्तन गर्दै लानु पर्ने सुझाव दिए ।
फोटो फाइल
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।