बर्ड फ्लूबाट सतर्क हुन भारतीय सरकारको आह्वान
नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड फ्लूबाट सतर्क हुन आह्वान गरेको छ ।
बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्लूबाट केही चराहरु मरेका थिए । रासस÷सिन्ह्वा
Last modified on 2017-08-13 11:28:13
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।