विकिरणदेखि सावधान !!!
एक्स रे,गामा रे,अल्फा पार्टिकल, बेटा पार्टिकल जस्ता विकिरणहरु प्राकृतिक एवं मानवनिर्मित स्रोतहरुबाट उत्पन्न हुन्छन।जमिन तथा हावामा हुने प्राकृतिक रेडियोधर्मी पदार्थहरु तथा कस्मिक रे बाट हामीलाई दिनहुँ विकिरण लागिरहेको हुन्छ। त्यस्तै, न्युक्लियर प्लान्ट,परमाणविक हातहतियार,आणविक अनुसन्धान प्रयोगशाला,औद्योगिक प्रविधिहरु मानवनिर्मित विकिरणका स्रोतहरु हुन।हाम्रो जस्तो अल्पविकसित परिवेशमा चिकित्सा प्रविधिमा प्रयोग गरिने एक्स रे,सिटि स्क्यान,न्युक्लियर मेडिसिन र रेडियोथेरापी उपकरणहरु नै विकिरणका लागि मुख्य चासोका विषय हुन। राज्यले विकिरण तथा विकिरणजन्य उपकरणहरुको प्रयोगको नियमन एवं व्यवस्थापनका लागि उचित ऐन नियम समेत बनाउन नसकेको परिप्रेक्ष्यमा विकिरणका जोखिम पहिचान गरि सतर्कता अपनाउनु आवश्यक देखिन्छ।
विकिरणका असरहरु:
विकिरणले मानव शरीरमा आयनिकरणमार्फत कोषहरुको डि.एन.ए, आ.एन.ए आदिमा क्षति गर्न सक्छ।जसले गर्दा कोषहरुको मृत्यु वा रुपान्तरण भइ क्यान्सर लगायत विभिन्न समस्याहरु देखिन सक्छन।नियमित कोष विभाजन तथा वृद्धि हुने अंगहरुमा विकिरणले बढी असर गर्ने भएकाले प्रजनन अंगहरु,रक्तकोष,पेट तथा आन्द्रा,बोन म्यारो आदिमा विकिरणको जोखिम उच्च हुन्छ।विकिरणले मानव स्वास्थ्यमा निम्न असरहरु पार्न सक्दछ।
१.प्रजनन : नपुंसकता, आनुवंशिक गडबडी
२.रक्त प्रणाली : रक्तकोषहरुको संख्यामा कमि, रगतको क्यान्सर(ल्युकेमिया)
३.पाचन प्रणाली : पेट तथा आन्द्राको क्यान्सर,अल्सर,झाडापखाला,वाकवाकी तथा वान्ता
४.बोन म्यारो : रक्तकोष बनाउने कोषहरुको मृत्यु
५.भ्रुण (गर्भवती महिला) : भ्रुणको मृत्यु,अपाङ्ग तथा सुस्त मनस्थितिको बच्चा जन्मिने।
६.आँखा : मोतिबिन्दु
७.छाला: रातो हुने,फोका उठ्ने,अल्सर
८. कपाल :अस्वाभाविक रुपमा झर्ने ।
विकिरणबाट सुरक्षित हुने तरिकाहरु:
विकिरणको नाम सुन्ना साथ त्रसित हुनु वा लापरबाह हुनु दुबै गलत हो।विकिरणबारे संवेदनशिल भइ निम्न सावधानी अपनाउन सके विकिरणको जोखिम र त्रास दुबैबाट बच्न सकिन्छ।
१.एक्स रे,सिटि स्क्यान जस्ता विकिरणयुक्त स्वास्थ्य परिक्षणहरु जथाभावी आफ्नो मनमर्जिले गराउनु हुदैन।सम्बन्धित विशेषज्ञको परामर्शमा दक्ष प्राविधिकद्वारा मात्र यस्ता परिक्षण गराउने गर्नुपर्दछ।
२.विकिरणयुक्त परिक्षण गराउन जाँदा तोकिएको ठाउँमा बसेर पालो कुर्ने,जाँच कोठामा एकपटकमा एक जना मात्र प्रवेश गर्ने,आवश्यक हुँदा मात्र कुरुवा बस्ने गर्नु पर्दछ।
३.विकिरणजन्य क्षेत्रमा जति कम समय र जति टाढा बस्यो उति नै सुरक्षित भइन्छ।
४.परिक्षणपुर्व र परिक्षणका दौरान दिइएका निर्देशनहरुको सहि सहि पालना गर्नु पर्दछ।जसले गर्दा यस्ता परिक्षण दोहोर्याउनु पर्ने अवस्था आउदैन।
५.गर्भवती महिला विकिरणजन्य क्षेत्र प्रवेश गर्नु हुदैन।गर्भावस्थामा यस्ता परिक्षण गराउनैपर्ने भएमा जाँचपुर्व सो को जानकारी सम्बन्धि प्राविधिकलाई गराइ विशेष सावधानी अपनाउनुपर्छ।
६.एउटा अस्पतालबाट अर्को अस्पताल जाँदा पहिले भएका विकिरणयुक्त परिक्षणका रिपोर्टहरु लिएर जाने गर्नु पर्दछ। यसो गर्दा यस्ता परिक्षण अनावश्यक रुपमा दोहोर्याउनु पर्दैन।
यो विकिरण जोखिमको चिन्ह हो।यस्तो चिन्हअङ्कित क्षेत्रमा अनुमतिबिना जथाभावी प्रवेश नगरौं।
1 Comments
-
Nepal ko health sector ma hepiyeko bivhag vhner hamro radiology lai vhni cha yesko karn malai lagcha most of d people on radiology deprt r lay man , ab thul thulo name chale ko hospital ma nai lay man chan even in ktm also vally bair ko ta k kura garne. Aafno profit ko lagi hospital le yesto gardai chan yo lay man ko karan le radiation ko use unnessary vyeko cha i think . So people warness is big matter jun hujr ko page artical le gardai xa its good job .keep it up
Reporter
View Other Stories by Author >>