पोर्चुगलबाट मिर्गौला पीडितले भने 'विष पठाइदिनुहोस प्रधानमन्त्रीज्यू' 

What's This?


Download our app to get more features

काठमाडौं । जब परिवारमा दायित्व बढ्दै गयो आम्दानीको स्रोत केही नहुँदा विदेश गएर केही कमाऔं, छोरा श्रीमतीको चाहना र घरपरिवारको इच्छा पूरा गरौं भन्ने चाहनाले नेपाल सरकारको श्रम स्वीकृति प्राप्त रोजगारमा भिभी इन्टरनेशनल मेनपावर कम्पनी सिनामंगलबाट पोर्चुगल आउन मन लाग्यो ।

सोही अनुरुप सन् २०१२ को अन्त्यमा भिसा लाग्यो । सोहीबापत् रिन, धन गरेर ८ लाख बुझाए । २०१३ मार्च २१ मा नेपालबाट हिँडियो । श्रम सम्झौतामा मासिक तलब ४ सय ८५ युरो, सातामा ५ दिन दैनिक ८ घन्टा काम गर्ने कुरा थियो ।

तर, काम गर्न थालेपछि थाहा पाइयो कि हामी नेपालबाट कृषिमा आउने बधुवा मजदूरजस्तौ रहेछौं,  न आफूखुसी बजार जान पाइने न केही खान पाइने । महिना मर्दा तलब सुविधा भनेजस्तो पाइनँ, सम्झौता अुनसार सुविधा नपाएको गुनासो फ्रान्सस्थित नेपाली दूतावासलाइ गराए । त्यहाँका रामबाबु ढकालले उल्टै कम्पनीले तिम्राेविरुद्ध उजुरी गरेका छ भनेर मालिकसँग मिलेमतो गर्न थालेछन् । त्यसपछि ओरालाे लाग्न सुरु भयो ।

म त्यहाँ कुटिएँ, मर्यो भनेर बाहिर फाले । नेपाली साथीभाइले सहयाेग गर्न नखोजेका होइनन् तर सबै मजस्तै थिए  सायद । साहुले ३ महिनाको लागि कामबाट निकाल्यो । एकातिर पिटाइ अर्कोतिर खाने बस्ने ठेगान भएन । प्रेसर हाइ भयो, फारो अस्पताल गएँ । एकसातामै सपना तुहिए ।

०१४ अप्रिलमा डाक्टरले तेरो २ वटै मिर्गौलाले काम गर्दैन भनेपछि मैले संसार अन्धकार देख्न थाले । अनि संघर्षका  दिन सुरु भए  । लज्वन आएँ । नेपाली समाजसँग सहयोगको लाग याचना गरे तर पोर्चुगलमा धन भएकहरुको मन नहुँदो रहेछ ।म न हुनेकाे धन नहुँदो रहेछ, मलाई सहयोगभन्दा धाकधम्कीका म्यासेज बढी आउन थाले कतिका म्यासेज माेबाइलमा सुरक्षित छन् ।

न म भाषा जान्दछु यहाँको, न उनीहरु अंग्रेजी बोल्छन् । विरामी मान्छे कोठाका लागि कतिसँग हारगुहार गरेँ, मिगौलापीडित भेनपछि नेपालीले कोठा दिने त कुरै भएन, यहाँको नियम पनि थाहा थिएन । तर डायलसिसचाही  साताको ३ पटक यहाँको सरकारले निशुल्क गरेको छ ।

पोर्चुगलमा मजस्ता अप्रवासी धेरै छन्, मलई यो देशसँग कुनै गुनासो छैन गुनासो नेपाली समुदाय र संघसंस्थासँग छ । धेरै नेपालीका लागि यहाँ २०–२५ लाख पनि नउठेको होइन तर म यहाँ नेपाली भेनर चिनिएको छु । यदि यहाँ यो जात या राजनीतिक दलको सदस्य भएको भए मलाई पनि सहयोग हुने थियो होला ।

तर भएन घरमा श्रीमती र छोरीहरु चिन्ता गर्छन, न म यहाँबाट नेपाल ने जान सक्छु न श्रीमतीलाइ यहाँ ल्याउन कसैबाट पहल हन्छ, मैले मानवनीय परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फोन गरे सबै दुखेसो नभनेको होइन तर उल्टै हप्काउनुभयो ।

वाणिज्य दूतलाइृ सम्पर्क गर्न भन्नुभयो तर यहाँको वास्तविकता अर्के छ, वाणिज्य दूत अनि यहाँका संघसंस्था आसन र भाषण गर्नेहरुका लगि भन्ने कुरा मन्त्रीज्यूलाइ थाहा नभएको पनि होइन । मैले त्यो भन्दा पहिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाइ पनि उहाँको मोबाइल नम्बरमा फोन नगरेको पनि होइन तर उहाँहरुले हाम्रो भन्दा यहाँका कांग्रेसजनको कुरा सुन्नुभयो होला यहाँ चिल्ला कारमा हिँड्ने नेपालीलाइ हप्ताको ३ पटक डायलिसस गर्नेको पीडा के थाहा ? प्रधानमन्त्रीज्यू, म कुनै दलको सदस्य छैन तर पक्का नेपाली हुँ ।

हजुर देशको प्रधानमन्त्री हुनुहुन्छ परिवार भेट्न चाहन्छु, कानूनी रुपमै बसेको छु । परराष्ट्र मन्त्रालय या नेपाली राजदूतावासले पहल गरिदिने हो भने परिवारलाइ भेट्न सक्थे । आजभन्दा ५ महिनाअघि ब्रेन ट्युमर भएको एक नेपालीको श्रीमतीलाइ परराष्ट्र मन्त्रालयको पहलमा पोर्चुगल ल्याइयो, प्रधानमन्त्रीज्यू म नेपाल आउन सक्ने अवस्थामा छैन र यहाँ मलाई सहयोग गर्ने कोही छैन ।

पोर्चुगल सरकारले मानव तस्करबाट पीडित भनेर खान बस्न दिएको छ र यहाँको सरकारले त्यस्तै फैसला गरेको छ । यो नेपाल सरकाकै बेइजजती हो । जीवनसँग हरेस नखाए पनि  नेपाली दूतावास फ्रान्स, नेपाल सरकार र वाणिज्यदूतवासबाट थकित छु ।

केही बोलुँ भने नेपालीबाटै कुटिने अवस्था छ । कति नेपाली बाेलेकै भरमा कुटिएका पनि छन् । कतिले धाकधम्की खाएका छन्, यो समाचार प्रकाशन भएपछि सायद मलाइ पनि आक्रमण नहोला भन्न सक्दिन । हात जोडी विन्ती गर्नु मलाइ परिवारसँग भेट गर्ने कागजी प्रक्रिया मिलाइदिुनहोस्। यदि मेरी श्रीमती यहाँ भइदिए जसोतसो गुजारा गर्न सक्ने थिए ।

त्याे हुन सक्दैन भने विष पठाइदिनुहोस यहाँ विष किन्न पनि मिल्दोरहेनछ ।

 नेपाल आमाको छोरा मिर्गौलापीडित सुब्रोत रिमाल याे खबर अाजकाे जनअास्था साप्ताहिकबाट लिइएकाे हाे । –तस्वीर सुब्राेतकाे फेसबुकबाट 

Last modified on 2017-08-10 17:38:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts