सबै नेपालीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने



Download our app to get more features

काठमाडौँ, १० कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग मंगलबार भएको छलफलमा उहाँले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बिमा रकम भुक्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुक्तानी गर्ने व्यवस्था रहेको जानकारी दिए । 

सोही अवसरमा मन्त्री थापाले मुलुकमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । समाजका सभापति गङ्गाधर अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच कायम गर्नुपर्ने, स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने र प्रत्येक बालिग महिलालाई मासिक स्वास्थ्य भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका बिषयमा मन्त्री थापालाई जानकारी गराएका थिए  । रासस

Last modified on 2017-08-10 17:39:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. This is most important, I'm 100% agree and i would to thank sir gagan thapa to taking this kind of decision.

  2. Please accept health insurance me


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts