लोकमान विरुद्ध संसदमा गर्जिए गगन 



Download our app to get more features

काठमाडौं ९, कार्तिक । लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको विषयलाई लिएर स्वास्थ्यमन्त्री गगन थापाले  शीर्ष नेताहरुले उतिबेलानै गम्भीर गल्ती गरेको बताएका छन् ।

लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा स्वास्थ्यमन्त्री गगन थापाले हामीले 'हारेको को सँग' भन्दै प्रश्न गरेका छन् । कार्कीले स्वास्थ्य क्षेत्रमा हस्तक्षेप गर्न थालेको भन्दै चिकित्सक गोविन्द केसीले महाअभियोग लगाउनुपर्ने माग राखी अनशन बसेदेखिनै थापा लोकमान विरुद्ध खरो रुपमा उत्रिदै आएका थिए ।  

स्वास्थ्यमन्त्री भएपछि पनि केसीका सबै मागमा आफू गम्भीर रहेको बताउँदै आएका थापाले सोमबार संसदमा भएको छलफलमा 'यो लोकमान सिंह कार्कीसँग जोडिएको विषय मात्र नभई स्वाभामानसँग जोडिएको बताए ।'  

संसदमा दर्ता भएको लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमा स्वास्थ्य क्षेत्रका विषयहरु समेत समेटिएका छन् । किस्ट मेडिकल कलेजमा विद्यार्थी भर्ना गर्दा सिट संख्या थप्न मेडिकल काउन्सिल  र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिएको, काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको लगायतका विषयहरु महाभियोग प्रस्तावमा उल्लेख छ । -फाइल फोटो 

Last modified on 2017-08-10 17:43:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts