पलेँटी कसेर खानु पेट तथा स्वास्थ्यका लागि फाइदाजनक
एजेन्सी । पछिल्लो पुस्ताका अधिकाँश मानिसलाई पलेँटी कसेर खाने भन्ने थाहा नहुन पनि सक्छ । कुनै जमाना थियो । पिर्खामा बसेर भुईमा थाल राखी खाना खाइन्थ्यो । तर, चलन विस्तारै हट्दै जान थालेको छ । सबैतिर आधुनिक सहरीया संस्कार हावी हुँदै जाँदा पलेँटी कसेर बस्ने र खाने चलन मेटिदै गएको ।
तर गाउँतिर त अझैपनि पिर्खा वा गुन्द्रीमा पलेँटी मारेर खान परम्परा हटिसकेको छैन । गाउँलाई छाडेर सहरको कुरा गर्ने हो भने किचेनमा डाइनिङ टेबुल नभएका कमैमात्र होलान् । अझ भनौं डाइनिङ टेबुलमा बसेर खाना खानेको संख्या सहरतिर उच्च छ ।
यही संस्कार कारण भुईमा पलेँटी कसेर खाना खानेलाई कतिले त पाखे वा नजान्ने को संज्ञा पनि दिने गर्छन् । तर पलेँटी कसेर खाना खाने सभ्यता स्वास्थ्यका लागि निकै फाइदाजनक रहने चिकित्सकहरुले बताउने गरेका छन् । सायद यसरी खाना खानुका फाइदा थाहा नपाउँदा पनि धेरै मानिसहरुले डाइनिङ टेबलको प्रयोग बढी गरेका हुनसक्छन् ।
जमिनमा पलेँटी कसेर बस्नु वा त्यसरी खानुलाई योग गुरुहरुले योगाशनका रुपमा लिने गरेका छन् । उनीहरुले यसलाई सुखासनका रुपमा पनि परिभाषित गरेका छन् । यो भन्नुको अर्थ पद्यमाशनको अर्को रुप हो ।
खाना खाँदा यस्तो आसनमा बस्नु भनेको स्वास्थ्यका लागि निकै फाइदाजनक हुने योग गुरुहरुले बताउँदै आइरहेका छन् । र चिकित्सकहरुले पनि उनीहरुको भनाईमा समर्थन जनाइरहेका छन् । खासगरी पलेँटी कसेर खाना खाँदा अपच, कब्जियत,एसिडिटी तथा मोटोपनमा नियन्त्रण ल्याउने बताइएको छ ।
यस्तो आसनले छाती तथा खुट्टा बलियो बनाउनुका साथै मानसिक तनावबाट मुक्ति दिलाई दिमागलाई स्फूर्तिलो राख्दछ । त्यसले गर्दा मानिसमा सकारात्मक सोचको विकास हुने बताइएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>