लागूऔषध कारोबारका आरोपी संघाई १२ लाख धरौटीमा छुटे
काठमाडौं, ९ कार्तिक । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा गत साउन १२ गते पक्राउ परेका रतनलाल संघाई १२ लाख धरौटीमा छुटेका छन् । सोही आरोपमा उनीसँगै जेल परेका अन्य ४ जनालाई भने पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालत ललितपुरले सोमबार १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले मुख्य आरोपीका रुपमा संघाइ ग्रुपका रतनलाल संघाइ र पवन संघाईलाई उक्त कारोबारको मुख्य आरोपी भनि मुद्धा दायर गरेको भएपनि पवन भने अहिलेसम्म पनि फरार रहेका छन् ।
रतनलालसंगै पक्राउ परेका उनका अन्य सहयोगीहरु मोहित हलान,दिलिप पण्डित, बद्रीप्रसाद बन र श्याम मोक्तानलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आर्या फर्मास्युटिकल्सका नाममा संघाइ ग्रुपले स्विजरल्याण्डबाट सहायक रसायन स्युडोफ्रिडिन लागूऔषध नेपाल भित्रयाई भारत तथा चीन लगायतका देशमा तस्करी गर्दै आएको आरोप लाग्दै आएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>