इलाममा बालमस्तिष्क पक्षघातको शिविर
इलाम, ८ कात्तिक । बाल मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार गर्ने उद्देश्यले इलामका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
करुणा फाउन्डेसन नेपाल इलाम र सिपी सेन्टर धापासी ललितपुरको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र इलाम अस्पतालमा सञ्चालित शिविरमा ३१ जना बालबालिकाको उपचार गरिएको हो । शिविरमा बालरोग विशेषज्ञ डा रीतेश थापा, फिजियोथेरापिस्ट मनोजकुमार शाह, करुणा फाउन्डेसनका सन्त विश्वकर्माले बालबालिकालाई उपचार तथा परीक्षण गरेका थिए । बालमश्तिष्क पक्षघात भएका बालबालिकालाई उपचारका लागि काठमाडौँसम्म लैजान ल्याउन समस्या हुने भएकाले स्थानीय तहमै शिविर सञ्चालन गरिएको फाउन्डेसनका विश्वकर्माले बताए । रासस
Last modified on 2017-08-11 14:48:59
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।