सामुदायिक अस्पतालको स्तरोन्नति
ओखलढुंगा, ७ कात्तिक। ओखलढुंगा सदरमुकामस्थित ओखलढुंगा सामुदायिक अस्पताल स्थापना भएको ५५ वर्षपछि स्तरोन्नति भएको छ ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भएपछि अस्पतााललाई ३२ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरिएको हो ।
अस्पतालको स्तरोन्नति भएपछि सेवा लिन आउने विरामीको संख्यामा दोब्बर बृद्धि भएको छ । विगतमा ५० जनासम्म आउने विरामी अहिले दैनिक एक सयभन्दा बढी आउने गरेका अस्पतालको निर्देशक टुकबहादुर श्रीमलले बताए ।
श्रीमलका अनुसार आकस्मिक कक्षमा २२ जनासम्म राखेर उपचार गर्न सकिने, टिबीको उपचारकक्ष छुट्टै रहेका छन् । अहिले यस अस्पतालमा छिमेकी जिल्लाहरुबाट प्रसुतिका जटिल समस्याहरु हेलिकोप्टर चार्टर गरेर उपचारमा आउने गरेका छन् ।
तस्वीर /युनाइटेड मिसन टु नेपाल
Last modified on 2017-08-13 11:35:55
Reporter
View Other Stories by Author >>