बहुला स्याल र कुकुरले आतंक मच्चाउदै  

What's This?


Download our app to get more features

कार्तिक ७, डडेलधुरा । जिल्लामा स्याल र बहुला कुकुरको टोकाइबाट तीन महिनामा १ सय २५  व्यक्ति घाइते भएको बताइएको छ । ग्रमीण क्षेत्रमा घर जंगलनिजक हुने भएकाले बढी जसो बहुला स्यालको टोकाइबाट घाइते भएको जिल्ला स्वास्थ्य  कार्यालय डडेलधुराले जनाएको छ।

 
उपक्षेत्रीय अस्पताल, डडेलधुरा र जोगबुढा अस्पतालका अनुसार साउनदेखि असोजसम्म १ सय २५ भन्दा बढी  बहुला कुकुर र स्यालले टोकेर घाइते भएका थिए । बहुला स्याल र बहुला कुकुुरले  टोक्दा रेविजको खतारा बढेको समेत स्थानीय स्वास्थ्यकर्मीले  बताए ।

घाँटीमाथि ६६ भन्दा बढीको टोकेकाले डडेल्धुरामा उपचार नहुने भएपछि थप उपाचारका लागि काठमाडौं टेकु अस्पताल रिफर गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । 
सदरमुकामभन्दा बढी जिल्लाका ग्रामीण क्षेत्रमा बुहला कुकुर र स्यालको आतंक फैलिएको छ ।

स्यालको संख्यामा बृद्धि भएसँगै बहुला कुकुरको संख्यासमेत बढेकाले रेविजबाट मृत्यु  भएको जनावरको सिनो खाँदा अरु स्याल र कुकुरमा रेविज सर्ने जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका  सूचना अधिकारी खड्क साहले बताए । आजको राजधानी दैनिकमा समाचार छ । 
 

Last modified on 2017-08-13 12:11:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts