स्वास्थ्य पत्रकार मञ्चको पहिलो अधिवेशन सम्पन्न



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । स्वास्थ्य समाचारलाई आफ्नो विट बनाएका पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको राष्ट्रिय अधिवेशनले अनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

शनिवार काठमाडौंमा सम्पन्न अधिवेशनबाट स्वास्थ्य खवरपत्रिकाका प्रधान सम्पादक न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपाध्यक्षयमा कल्पना आचार्य (एभिन्यूज टेलिभिजन), महासचिवम मनिष गौतम (द काठमाडौं पोष्ट), सचिव सरोज ढुंगेल(गोरखापत्र दैनिक) र कोषाध्यक्षमा रामप्रसाद न्यौपाने(नेपाली हेल्थ) रहेका छन् ।  

सदस्यहरुमा उद्धवराज भेटवाल (हाम्रो डक्टर तथा नेपाली रेडियो नेटवर्क ) भगवती तिमिल्सिना (समाचारपत्र दैनिक), भिषा काफ्ले(नयाँ पत्रिका दैनिक), दीपा दाहाल (अन्नपूर्ण दैनिक), प्रवीण ढकाल (नागरिक दैनिक), र जुनु भट्टराई (कारोबार दैनिक) छन् ।

यसैगरी पूर्ण सदस्यमा बासुदेव न्यौपाने (हाम्रो डक्टर), कृष्ण ज्ञवाली (कान्तिपुर दैनिक), कल्पना पौडेल (रासस) र डिबी खड्का (स्वास्थ्य खबरपत्रिका)  छन् ।
अधिवेशन नेपाल खबर डटकमका सम्पादक नारायण अमृतको संयोजकत्वमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । मञ्चले स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

Last modified on 2017-08-13 12:13:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts