झाडापाखालाबाट सुत्केरीको मृत्यु
उर्लाबारी (मोरङ), ६ कात्तिक । झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ । एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।
ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए । रासस
Last modified on 2017-08-13 12:51:58
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>